भारतमा नेपाली युवतीको बलात्कारपछि हत्या गर्ने ७ जनालाई मृत्युदण्ड

826 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

marnuधादिङ पुस ७ -मानसिक रुपमा अस्वस्थ एक नेपाली महिलाको सामुहीक बलात्कारपछि हत्या गरेको आरोपमा भारतको एक अदालतले सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

भारत हरियाणाको रोहतक जिल्लाको अदालतले मानसिक रुपमाले अस्वस्थ २८ वर्षकी नेपाली महिलाको सामुहिक बलात्कार गरी हत्या गर्ने सात जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । अदालतले यसलाई गम्भीर अपराध भनेको छ ।

गएको फेब्रुअरी १ मा रोहतक जिल्लाको गड्डी खेरा गाउँमा दिदी भिनाजुको साथमा बस्दै आएकी पीडित नेपाली महिला घरबाट हराएकी थिइन । ती महिलाको शव चार दिनपछि रोहतक जिल्लाकै बहु अकबर गाउँमा क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

मानिस रोगको उपचारका लागि बर्दियाको राजापुरबाट भारत गएकी सुनार थरकी ती महिलाको बलात्कारपछि हत्या भएको हो । अदालतले नेपाली युवा सन्तोषसहित भारतीय युवाहरु गुचाडु भनिने राजेश, शीला भनिने सुनिल, बिल्लु भनिने सरवर, मनबरी, माधा भनिने सुनिल, पवन र पदम भनिने प्रमोदलाई मृत्युदण्डको सजाय सुनाएको हो ।