मलेखुमा हुने राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको तयारी अन्तिम चरणमा

1141 पटक पढिएको

७ पुष २०७२, मंगलवार ०७:१५ सम्पादक: धादिङ न्यूज

Meni Poster copy.jpg JPGधादिङ पुस ७- बिहीबारदेखी धादिङको मलेखुमा हुने राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । अहिले मेला स्थल वरपरको सरसफाईलाई कार्यलाई तिब्रता दिईएको छ । मेला स्थल बेनिघाट गाँउ विकास समिति वडा नं १ मलेखुमा अहिले स्टल  निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । जिल््लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वस्थ्य क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा टेवा पु¥याउदै ब्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुको उत्पादन र गुणस्तरमा जोड दिने उद्देश्यले मेलाको आयोजना गरीएको हो ।  मेलामा १० करोड बरावरको कारोवार हुने र २ लाख दर्शकले अवलोकन आयोजकले दावी गरेको छ । नेपाल्ऽ राष्ट्रिय वाणिज्य संघ, जिल्ला कार्य समिति धादिङको आयोजनामा हुन लागेको मेलाका लागि प्रचारप्रसार कार्य तीब्र पारिएको छ । मेलामा माछाका विभिन्न परिकारहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, इलेक्ट्रोनिक सामग्री लगायतका बस्तुहरु प्रदर्शन गरिने छ । मेलाअबधिभर राष्ट्रिय ख्याती प्राप्त कलाकारको बजेड प्रस्तुती रहने छ ।