धादिङमा निगमको डिजेल बेच्दाबेच्दै सात ट्यांकर नियन्त्रणमा

509 पटक पढिएको

सम्पादक: Dhading News

china-tell-aayo-5धादिङ पुस ८ -नेपाल आयल निगमको काठमााडौं थानकोटस्थित इन्धन डिपोमा लगिँदै गरेको इन्धन दोब्बर मूल्यमा पृथ्वी राजमार्गमै बिक्री गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।

सात वटा ट्यांकर तथा चालक र होटल कर्मचारी गरी १५ जना प्रहरी नियन्त्रणा छन् । भारतको बरौनीबाट जोगबनी हुँदै थानकोट लगिँदै गरेको डिजेल धादिङ थाक्रे ३ आठकिलो फेदीमा प्रतिलिटर एक सय ५० रुपैयाँका दरले बिक्री गरिरहेको अवस्थामा अपराह्न २ बजे प्रहरीले फेला पारेको हो । स्थानीय युनिक मोजमस्ती स्टाफ होटल अगाडि पार्किङ गरेर चालक, सहचालक र कामदारहरुको मिलेमतोमा तेल बिक्री भइरहेको थियो,