चिसो बढेपछि एक महिनामा सिन्धुपाल्चोकका ८ भूकम्पपीडितको मृत्यु

323 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ पुस ९-शीत चुहिने र स्याँठ छिर्ने टहरोभित्र चिसोका कारण बिरामीको ज्यान जान थालेको छ । चिसोकै कारण पछिल्लो एक महिनामा सिन्धुपाल्चोकको ठोकर्पा गाविसका आठ वृद्धवृद्धाको मृत्यु भएको छ ।

स्थानीय शिक्षक तथा वडा नागरिक मञ्चका संयोजक शिवप्रसाद न्यौपानेले पछिल्लो २० दिनबीचमा चार र यसअघिको १२ दिनबीचमा तीन वृद्धवृद्धाको ज्यान गएको छ । उनका अनुसार मृत्यु हुनेमा पिछडिएका पहरी समुदायकामात्र चार जना छन् ।