लोकमार्ग निर्माणका लागि मोटरसाइकल ¥याली

405 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ पुस ९ पर्सा जिल्लाको ठोरीदेखि रसुवागढीसम्म लोकमार्ग निर्माणका अभियन्ताले मोटरसाइकल ¥याली सम्पन्न गरेका छन् ।
लोकमार्ग निर्माण सङ्घर्ष समितिका संयोजक तारा पौडेलका अनुसार गल्छी–मैलुङ–रसुवागढी सडकमार्ग निर्माण स्तरोन्नतिका लागि सरकारले निणर्य लिइसकेको र गल्छीदेखि पर्साको ठोरीसम्म लोकमार्ग निर्माणका लागि सरकारसमक्ष ध्यानाकर्षण गराउन मोटरसाइकल ¥याली गरिएको हो ।

पर्साको ठोरी चितवनको भण्डारा, मुग्लिन, धादिङको च्यामेटारको भूभाग हुँदै रसुवागढीसम्म १९० किमीको दूरीमात्र रहने र त्रिदेशीय व्यापार व्यवसाय अभिवृद्धिका लागि यो प्रस्तावित लोकमार्ग अत्यन्तै सरलीकृत हुने लोकमार्ग निर्माणका अभियन्ता डा राजन सुवालले बताउनुभयो ।