ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, २ सख्त घाइते

458 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पुस १०, – काठमाडौंबाट पश्चिम जाँदै गरेको ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ  भने २ जना सख्त घाइते भएका छन् । नौविसे–३ झ्याप्लेखोला स्थित त्रिभुवनराजमार्गमा  ना४ख ८३३४ नम्बरको तराई यातायात समितिको ट्रकले सोही दिशातर्फ जादैं गरेके ना ७ प ६१८६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार नलाङ्–३, निवासी ४० वर्षीय नीलकण्ठ रेग्मी, ३५ वर्षीया श्रीमती संगीता रेग्मी र छोरी प्राप्ती रेग्मी सख्त घाईते भइ उपचारार्थ काठमाडौं लगिएको थियो ।

उपचारकै क्रममा मोटरसाइकल चालक नीलकण्ठको वीर अस्पतालमा मृत्यु भएको र सख्त घाइते भएका संगीताको बिएण्डबी अस्पतालमा उपचार भइरहेको खानीखोला प्रहरीका प्रहरी निरीक्षक यादव थापाले बताएका छन् ।

ठक्कर दिए लगत्तै फरार बारा जिल्ला निजगढ-४ निवासी चालक सुनील लामिछानेलाई ले नियन्त्रणमा लिएको छ ।