चेपाङलाई न्यानो बनाउन जुटे फेसबुके युवा

583 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रञ्जन अधिकारी
पोखरा,-‘बुहारी सुत्केरी छन् बाबु, यस्तो जाडामा रात काट्न गाह्रो भो । एउटै कम्बल भएनि अलि तातो हुन्थ्यो ।’ धादिङकी माईलीमाया चेपाङ गाउँमा पुगेका युवाहरुसँग यस्तो दुःखेसो पोख्दै थिईन्। पोखराबाट कम्बल सहित केहि न्यानो कपडा लिएर जिल्लाको पीडा गाविस वडा नं. ४ का चेपाङबस्तीमा फेसबुक समुह मेन्स रुम रिलोडेड (एमआरआर) पोखराका युवाहरु शनिबार त्यहाँ पुगेका थिए ।

2गत वैशाख १२ गतेको विनाशकारी भुकम्पले घर भत्कायो, सरकारको १५ हजार भन्दा सुको नपाएका गाउँलेहरु असार साउनको वर्षे झरीमा जेनतेन ओत लगाए । दशैं तिहार पनि दुःखैका बीच कट्यो । सास समेत जोगाउन गाह्रो पर्ने गरी जाडो सुरु भईसक्यो, भुकम्प पीडितले राहत पाउन सकेका छैनन् । फेसबुकबाट जुटेका युवाहरुको टोली भुकम्प प्रभावित चेपाङका लागि केहि न्यानो कपडा वितरण गर्ने उद्देश्यका साथ त्यहाँ पुगेको हो ।

त्यहाँका एक सय २० घरधुरीका लागि एक सय ४० थान कम्बलसँगै लगाउने कपडा वितरण गरेको कार्यक्रम संयोजक राज लम्सालले बताए । ‘वृद्ध, सुत्केरी र बिरामीलाई प्राथमिकता दिएर हामीले सकंलन गरेको कपडा वितरण गरेका हौं ।’ उनले भने– ‘भुकम्प पीडितको अवस्था अत्यन्त दयनीय छ । सबैका लागि पर्याप्त नभएनि जति दिन सक्यौं, उहाँहरु खुशी हुनुभयो ।’

4एमआरआरका पोखरा प्रतिनिधि सुर्य तिमिल्सिनाले न्यानो कपडा वितरण अभियानकै क्रममा छोटो समयको तयारीमा त्यहाँ पुगेको जानकारी दिए । ‘हामी पोखरामा छौं, यहाँ त जाडोको महसुस त्यति नहोला ।’ उनले भने– ‘घर भत्किएकाहरुको मन पनि सरकारले यत्रो महिनासम्म राहत नदिँदा भत्किसकेछ । सहयोगको आशा पनि मारिसके । हामीले लान त के सक्यौं र ? तर पनि उनीहरुको आतिथ्यता र स्वागतले भावविह्वल बनायो ।’ अन्य सहयोगी मन भएकाहरुलाई पनि वास्तविक भुकम्प पीडित सम्म पुगेर केहि कम्बल तथा जस्तापाता वितरण गर्न आग्रह गर्दै उनले अब अन्य कपडाहरु संकलन गरी यस्तै पीडितहरुलाई वितरण गर्ने गरे ।

कम्बल प्रायोजन गरेर सहकार्य गरेको वातावरण संरक्षण समितिका रविन पौडेलले पनि जाडोको समयमा केहि भएपनि सहयोग गर्ने उद्देश्यले आफूहरु सहभागी भएको बताए । उनले कार्यक्रममा चेपाङ संघ धादिङका अध्यक्ष टेकबहादुर चेपाङले भुकम्पले विचल्लीमा परेको बेला केहि सहयोग जुटाएर गाउँ आएकोमा खुश्ी प्रकट गरे । कपडा संकलनका क्रममा ईञ्जिनियरिङ अध्ययन संस्था, पश्चिमाञ्चल क्याम्पस लगायतका विद्यार्थीहरुको पनि सहयोग रहेको थियो । एमआरआर पोखराका सदस्यहरु सबैको विशेष सक्रियता रहेको थियो ।

भुकम्पबाट घर भत्किएपछि टहरोमा बास बसेका पीडितहरु जाडोकै कारण ज्यान गुमाउनुपरेको खबरहरु सार्वजनिक भईरहेका छन् । एमआरआर पोखराले यसअघि ‘भोकालाई मानो, नाङ्गोलाई न्यानो’ अभियान अन्तर्गत सडक बालकहरुलाई एक छाक खाना र न्यानो कपडा वितरण गरिसकेको छ भने नाकाबन्दीका समयमा युवाहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘तान भाई तान आत्मनिर्भरताको शान’ भन्ने मुल नाराका साथ नेपाली पहिचान झल्कने ढाका टोपी र गोल्डस्टार जुत्तामा सहभागि हुँदै डोरीले गाडी तान्ने कार्यक्रम आयोजना गरेको थियो । बन्द विरुद्ध अब युवाहरु जाग्नुपर्छ भन्दै बन्द विरुद्धको ¥याली, पोखराका विभिन्न स्थानमा सरसफाई, शान्ति सद्भाव ¥याली आयोजना गरिसकेको छ ।