घुस लिँदै गर्दा यातायातका निर्देशक रंगेहात पक्राउ

590 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ पुस १७-इलेक्ट्रिक स्कुटर ल्याउन नेपालगन्ज भन्सार कार्यालयलाई सिफारिस दिन एक लाख ८० हजार रुपैयाँ घुस लिँदै गर्दा यातायात व्यवस्था विभागका निर्देशक नवीनकुमार पोखरेल बिहीबार पक्राउ परेका छन् । ३६ वटा स्कुटर ल्याउने सिफारिस दिन उनले प्रतिस्कुटरको पाँच हजारका दरले घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । रंगेहात पक्राउ परेका पोखरेललाई विशेष टोलीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको र उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए । – See more at: http://www.ratopati.com/aakhabar/22606