आठ करोडको कारोबार गर्दै सकियो मलेखुको माछा महोत्सव
1039 पटक पढिएको

मलेखु, धादिङ । धादिङको बेनिघाट १ मलेखुमा सञ्चालित राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवमा ८ करोड रुपैँया बराबारको कारोबार भएको छ । गत पौष ९ गते देखी १९ गते आईतबार सम्म सञ्चालित मेलामा ८ करोड रुपैँया बराबरको कारोबार भएको महोत्सवका सँयोजक अजय त्रिपाठीले बताउनुभयो ।
घरेलु उद्योग कृषी जलश्रोत, पर्यटन प्रर्वद्धन, आर्थिक सम्वृदी हाम्रो अभियान भन्ने नारा सहित नेपाल राष्ट्रिय वाणीज्य सँघ जिल्ला कार्य समिती धादिङको आयोजनामा भएको महोत्सवमा १ लाख ८० हजार दर्शकले मेलाको अवलोकन गरको सँघका महासचिव शालिकराम दुवाडीले बताउनु भयो । महोत्सवमा कृषी, प्रविधी, पुरातात्वीक लगायतका १ सय ६० वटा स्टलहरु रहेका थिए ।
यसैविच मलेखु रिचोकटारमा आयोजित राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको आईतबार समापन गरिएको छ । नेपाल राष्ट्रिय वाणीज्य सँघ जिल्ला कार्य समिती धादिङका अध्यक्ष लोकनाथ डल्लाकोटीको सभापतित्वमा समापन भएको कार्यक्रममा सँस्कृती, उड्ययन तथा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलको प्रम्ख आतित्थ्यता रहेको थियो । कार्यक्रममा मन्त्री पोखरेलले अबको ७ वर्ष भित्रमा बुढिगण्डकी आयोजना बनि सक्ने र धादिङको पर्यटन प्रर्वद्धनमा यसले थप सघाउ पु¥याउने बताउनु भयो ।
यसैगरी समापन कार्यक्रमका विशेष अतिथी तथा पुर्व स्थानिय विकास अधिकारी एवम् धादिङ क्षेत्र नम्बर ३ का साँसद राजेन्द्र प्रसाद पाण्डेले धादिङको कला, सँस्कृती र पर्यटनलाई विकास गर्न महोत्सवले थप सहयोग गरेको बताउनु भयो ।
यसैगरी समापन कार्यक्रममा धादिङका एमाले जिल्ला अध्यक्ष भुमी त्रिपाठीले कार्यक्रम सफल भएकोमा आयोजक लाई धन्यवाद दिनुभयो । यस्तै धादिङका स्थानिय विकास अधिकारी भगवान् अर्यालले जिल्लाको आवश्यकतालाई हेरेर विकासका लागि सबै लागि पर्नु पर्ने र त्यो सफल पनि हुने बताउनुभयो । यस्तै धादिङका एमाओवादी जिल्ला अध्यक्ष राम बहादुर भण्डारीले कार्यक्रम एउटा पार्टीको भातृ सँगठनले मात्र गरेकोमा असन्तुष्ट व्यक्त गर्दै सबै दल मिलेर गरेको भए अझ सफल हुने बताउनु भयो ।
