मोर्चाको ४४ लाखको बिल सरकारलाई !

295 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – मधेस आन्दोलनका क्रममा घाइते भएकाको काठमाडौंमा उपचार गर्दा अहिलेसम्म ४४ लाख रुपैयाँ खर्च भइसकेको मोर्चाले जनाएको छ । २७ घाइतेको उपचारमा रकम खर्च भएको मोर्चाको भनाइ छ । सरकारबाट अहिलेसम्म ४५ हजार पाँच सय २७ रुपैयाँ मात्र पाएको घाइते उपचार समितिका सदस्यसचिव रवीन्द्र चौधरीले बताए ।

सरकारले घाइतेको उपचार खर्च व्यहोर्ने भए पनि अहिलेसम्म पैसा नदिएकाले मोर्चाले विभिन्न स्रोतबाट खर्च जुटाएको सद्भावना महामन्त्री मनीष सुमनले बताए । मोर्चाले व्यहोरेको ४४ लाख रुपैयाँको बिल सरकारले फस्र्योट गर्नुपर्ने मोर्चाले बताएको छ ।