दश रुपैयाँ दिएर बालिका बलात्कार

1241 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

baltkarपुस २६ धादिङ – महानगरीय प्रहरी परिसर भक्तपुरले १३ वर्षीया र ११ वर्षीया दुई बालिकालाई बलात्कारको प्रयास गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ झौखेल बस्ने वर्ष २२ का रमेश सुवाललाई १३ वर्षीया बालिका बलात्कार प्रयासमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सामान किन्ने बाहनामा बालिकाको पसलमा पुगेका सुवालले घरमा कोही नदेखेपछि पसलभन्दा भित्रको कोठामा लगेर बलात्कारको प्रयास गरेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

घटनामा बालिकाको आमाले देखेपछि प्रहरीलाई खबर गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएर आजै जिल्ला अदालत भक्तपुरमा पेस गरेको छ ।

त्यसैगरी प्रहरीले नगरकोट नगरपालिका–११ का ४५ वर्षका बेलबहादुर तामाङलाई पनि पक्राउ गरेर मुद्दा चलाएको छ ।

श्रीमतीसँग छुट्टिएर बसेका तामाङले भट्टी पसलकी ११ वर्षीया बालिकालाई रु १० दिएर फकाएर एकान्तमा लगेर बलात्कारको प्रयास गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार २०७० सालमा बलात्कारको घटना १५ वटा, बलात्कार उद्योगमा दुई वटा, २०७१ सालमा बलात्कारको घटना १५ वटा, बलात्कार उद्योगमा तीन वटा, २०७२ सालमा बलात्कारको घटना २१ वटा र उद्योगको घटना सातवटा घटेको छ ।

त्यसैगरी गत साउनयता बलात्कारका घटना १३ वटा र बलात्कार उद्योगका घटना तीन वटा घटना घटेका छन् ।