गुगल ब्वाई आदित्यको अर्को भविष्यवाणी

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

googleकाठमाण्डु, २६ पुस– नेपालमा हुने घटनाक्रमका बारेमा विश्लेषण गर्दै आएका गुगल ब्वाइ आदित्य दाहालले फेरि अर्को भविष्यवाणी गरेका छन् ।
केही समयअघि अमेरिकामा उपचार गराएर आएका आदित्यले राजनीतिको फोहरी खेलका कारण नेपाल र नेपालीले अर्को देशसँग आफ्नो आत्मसम्मान बेच्न बाध्य भएको बताएका छन् ।
आदित्यले अब मुलुकलाई नयाँ पीढिको खाँचो रहेको बचाउँदै उनीहरुले मात्र अब गुमेको आतमसम्मान फिर्ता ल्याउन सक्ने उल्लखे गरेका छन् ।

Capture-12

उनले दिएको सन्देशले पछिल्लो समय देशको राजनीतिक अवस्था र त्यसले पारेको प्रभाव, देशले भोगेको संकटलाई उदृढ गर्न खोजेको बुझिन्छ ।
जसको समाधान अब नयाँ ढङ्गले, नयाँ नेतृत्व र नयाँ सोचले मात्र गर्न आदित्यले आफ्नो सन्देशमा संकेत गरेका छन् ।

उनले यसअघि गरेका भविष्यवाणी हालसम्म प्रयासजसो मिल्दे आएका छन् । उनी अमेरिका जानुअघि केही महिनामै देशमा संकट आउने बताएका थिए । त्यसपछि मधेस आन्दोलन र भारतीय नाकाबन्दी भएको थियो ।