सीमसीमे पानीमा.. ज्यानले वेइमान गरेछ जिन्दगानीमा

841 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rekha-shahकाठमाडौं, – एउटै गीत “सीमसीमे पानीमा; ज्यानले बेइमान गर्छाै कि जिन्दागानीमा”बाट चर्चित बनेकी गायिका रेखा शाह यतिबेला उनले नै कसैलाई बेइमानी गरिन । बेइमानी गरेकाे अाराेपमा अहिले पतीसँगै प्रहरी हिरासतमा पुगेकी छिन ।
पछिल्लाे पटक सेक्स सिम्बोल सेताे घाेडामा चढेर माेडलिङ गरेर चर्चामा रहेकी रेखा मिटर ब्याजमा ऋण दिएर ठगेको अाराेपमा पक्राउ परेकी हुन । उनकाे याे ठगी धन्दा हो वा होइन भन्ने बारे प्रहरीले छानबिन गरिरहेकाे छ । ठगी गरेको आरोपमा उनलाई महानगरिय प्रहरी परिसर काठमाडौंले आइतबार राति पक्राउ गरेको हो ।
 पति इन्द्र गुरुङ सहित पक्राउ परेकी रेखालाई प्रहरीमा जाहेरी दिने व्यक्तिले १० लाख रुपैया  मिटर ब्याजमा ठगेको भनि अारोप लगाएको छ । जाहेरीवालाका अनुसार १० लाख रुपैया दिएर ७० लाख रुपैयाको तमसुक गराएकाे रेखालाई अाराेप छ । सन्दीपराज काफ्लेले अाफू ठगिएको भनि उजुरी दिएका थिए ।