गाउँ गाउँमा पुगेर गांजा नष्ट गर्दै धादिङ प्रहरी

1056 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -जिल्लाको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा अवैध रुपमा खेती हुंदै आईरहेको प्रतिवन्धित लागू औषध गांजा प्रहरीले नष्ट गर्न शुरु गरेको छ ।
20160114_103603जिल्ला प्रहरी कार्यालय धादिङ , इलाका प्रहरी कार्यालय गजुरी र खानीखोला तथा लागु औषध नियन्त्रण व्युरोबाट खटिएको ४९ जना प्रहरीको टोलीले जिल्लाको किराञ्चोक, बैरेनी र महादेवस्थान गाविसका फरक फरक स्थानमा गरी ५० क्विन्टल ५० केजी गांजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धादिङको सूचना कक्षले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार पुस ३० गते देखि खटिएको टोलीले ३० गते किराञ्चोक गाविसको वडा नम्बर १ चैनपुरमा १५ विगाहा र बैरेनी गाविसको वडा नम्बर १मा २ रोपनी जमिनमा लगाईएको ५० क्विन्टल गांजा नष्ट गरेको हो । त्यसै गरी माघ १ गते महादेवस्थान गाविसको वडा नम्बर ३ मा २ रोपनी जमिनमा लगाईएको ५० केजी समेत गरी ५० क्विन्टल ५० केजी गांजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीले बर्षेनी गाउँ गाउंमा पुगेर गांजा खेती नष्ट गर्दै आईरहेपनि गांजा बिक्री बितरणमा भने कमि आएको छैन । जिल्लामा हरेक महिना जसो गांजा बिक्रीका लागि हिंडेका व्यक्तिहरु पक्राउ पर्ने गरेको भएपनि मुख्य बिक्रेता भने अहिले सम्म पक्राउ पर्न सकेको छैन ।

12570898_1674986172740939_1564832569_n 12576334_1674986356074254_1044144003_n 20160114_103457 (1) 20160114_103603