भुकम्प पिडितलाई चौधरी फउण्डेशनले बनाइ दियो १ हजार ७ सय आवास गृह र ३० विद्यालय

839 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौँ, –chaudhari-groupचौधरी ग्रुपले भुकम्प पिडितका लागि ७ महिनाको अवधिमा १ हजार ७ सय वटा घर निर्माण गरेको जनाएको छ । गत मे ६ तारिखमा गरेको घोषणा अनुरुप उसले विभिन्न योजनाको सुरुवात गरि भुकम्प पिडितका लागि १ हजार ७ सय घर र ३० वटा विद्यालय भवन निर्माण गरिएको जनाएको हो ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी चौधरी ग्रुप अन्तरर्गतको चौधरी फाउण्डेशनले घोषणा गरिए अनुरुप पुर्वाधार निर्माण गर्दै लैजाने जनाएको हो । यस क्रममा बनाइ सकिएका १ हजार ७ सय घर मध्ये १ हजार वटा घरहरु स्थानीयलाई हस्तान्तरण गरिसकिएको र अरु घर पनि हस्तान्तरण गर्ने प्रकृयामा रहेको फाउण्डेशनले जनाएको छ ।
भूकम्पपछिको पुनर्निर्माणमा फउण्डेशनले गरेको प्रयासका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फउण्डेशनका अध्यक्ष बिनोद चौधरीले भुकम्प र नाकाबन्दीको असरका बिच अभाव र चुनौतीपुर्ण अवस्थामा बस्ने घर तथा विद्यालय भवन निर्माण गरिएको बताए ।
पत्रकार सम्मेलनमा उनले भने ‘भूकम्पको ८ महिनापछि फउण्डेशनले भुकम्प पिडितका लागि बस्ने घर र विद्यालय भवन बनाउने क्रममा पाएको सफलताले खुसी बनाएको छ । घोषणा गरे अनुरुपको काम गर्दै लैजाने विषयमा राम्रा साथीहरुले अहोरात्र काम गरिरहनु भएको छ ।’
यस्तै बस्ने घर तथा विद्यालय भवन बनाउनका लागि सम्बन्धित निकायहरुसँग छलफल गरेको जनाएका उनले नीतिगत विषयमा सहकार्यका लागि सरकारसंग आग्रह पनि गरेका छन् । आफुहरु पुनरनिर्माणको काममा पुर्ण सहयोग गर्न तयार रहेको जनाउँदै उनले भने ‘राज्य भन्दा बलियो निजी क्षेत्रको एउटा संस्था कहिल्र्यै हुन सक्दैन, यस अर्थमा सरकारले गर्ने काममा हाम्रो पुर्ण साथ र सहयोग रहनेछ । सरकारले हामीलाई सहकार्य गर्ने सम्बन्धमा छलफल गरे हामी जस्तो सहयोग गर्न पनि तयार छौं’ उनले भने । अहिले सरकारले गरेका कामभन्दा निजी क्षेत्रले गरेको कामको गति धेरै भएकाले दुवै क्षेत्र मिलेर काम गर्दा दुवै पक्षको नतिजामुखी काम देखिने उनको भनाई थियो ।
व्यवशायिक सीप विकासका कार्यक्रमहरुमा पनि फाउण्डेशनले आगामी दिनमा अभियान सुरु गर्ने फाउण्डेशनले जनाएको छ ।
सञ्चारकर्मीको जिज्ञासामा चौधरीले काठमाडौं दरबार हाइ स्कुल पनि भूकम्पले भत्काएको र त्यो बनाउन सरकारले सहकार्य गरे आफूहरु तयार रहेको बताए । भूकम्प अतिप्रभावित जिल्लाहरुमा भवन र विद्यालय बनाउन प्राथमिकता दिएको फउण्डेशनले राजनितिक हस्तक्षेप नभएका कारण आफुहरुलाई राहतको काम गनउ सहज भएको भन्दे आगामी दिनमा पनि यस्तै वातावरण बनिराखने अपेक्षा पनि गरेको छ ।