‘सहयात्री शब्दहरु’ लिएर आए थापा

1200 पटक पढिएको

सम्पादक: Dhading News

12814579_1131004160257653_6597874340610519510_n-300x300कवितामा चोटिलो बिषयबस्तु प्रस्तुत गरेर चर्चामा आएका कवि दिपेन्द्र सिंह थापाको पछिल्लो कृति वजारमा आईपुगेको छ । कवि र कविता बीचको अन्तर्घुलनमा नयाँ राष्ट्रिय काव्यिक रङ निमार्ण हुन्छ । त्यस्तै सरलता नै कवि दीपेन्द्रसिंहको काव्यिक परिचय हो । उनको दोस्रो कविता सङ्ग्रह सहयात्री शब्दहरू राजधानीमा विमोचन गरिएको छ ।

शब्दहार क्रियसन्सद्वारा प्रकाशित उक्त पुस्तक प्राज्ञ श्रवण मुकारुङद्वारा विमोचन गरिएको हो । सहयात्री शब्दहरुमा मीठो काव्यिक रङ पाइन्छ ।

मान्छेका रुपहरु फरक– फरक भएजस्तै थापाका कविताका कविता रुपहरु फरक छन् । वि.सं. २०६४ सालमा जीर्ण पर्खाल प्रकाशन गरेका थापा यस पटक पाठक बीच सहयात्री शब्दहरु लीएर आएका छ्न ।

यस कविता संग्रहमा हृदय भएको कुरा पाठक बताउँछन् । हृदय त्यतिखेर हुन्छ, जतिखेर कवि आफू आफैं पोखिन पाउँछ । थापा यसरी कवितामा पोखिएका छन् ।

मन्दिर धाऊँ या मस्जिद
वेद गाऊँ या कुरान
चेते पुजूँ या चर्च
त्रिपिटक बुझुँ या बाइबल
माटोभन्दा बढी केही रोज्दिन म
मान्छेभन्दा माथि केही खोज्दिन म ।

साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको उक्त पुस्तक सार्वजनिक समारोहमा लेखक तथा समीक्षक रामगोपाल आशुतोष र रामेश्वर राउत मातृदासले कवि थापाको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए। समीक्षक आशुतोषले कवि थापाका कविता सम्प्रेष्य र हृदयस्पर्शी रहेको बताए। लेखक मातृदासले पनि कविताले समकालीन विषयवस्तुलाई मार्मिक ढङ्गले चित्रण गरेको उल्लेख गरे।

कवि थापाले पुस्तकभित्रका केही प्रतिनधि कविता वाचन गरेका थिए। कवि थापा व्यक्तिगत तनाव, कसै प्रतिको ईष्र्या र अनावश्यक प्राप्तिको तृष्णा बोकेर कुद्ने आजको दुनियाँ भन्दा पर रहेको कुरा साहित्यकारहरुले बताए ।