पार्टीका लागि जागिर छाडियो, जेल बसियो तर पार्टीले कालापानी पठायो ।

498 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गंगालाल तुलाधरलाई मैले नै सङ्गठित गरेको हुँ, पार्टीकै कारण राष्ट्रिय राजनीतिमा म पछि परेँ ।

 1462347848Guru-prasad-photo
  • गंगालाल तुलाधरलाई मैले नै सङ्गठित गरेको हुँ, पार्टीकै कारण राष्ट्रिय राजनीतिमा म पछि परेँ । 
  • ३ वर्षमै ८ कक्षाका पुगेँ तर एस्.एल्.सी.मा भने थर्ड डिभिजनमात्रै आयो । 
  • कम्युनिस्ट हुँ, धर्ममा विश्वास गर्दिन । 
  • स्कुल नगएर गोठालो जाँदा २५/२६ जनाको नेतृत्व गर्थेँ, अहिले निर्वाचन क्षेत्रको नेतृत्व गर्छु । 
  • १३ वर्षमै बिहे भयो, अरु प्रेमको अनुभव नै भएन । 
  • प्रधानपञ्चको उम्मेदवार हुन स्थायी जागिर छाडिदिएँ । 
  • धादिङमा कम्युनिस्टका ५ जना संस्थापकहरूमध्ये एक हो । 
  • पार्टीका लागि जागिर छाडियो, जेल बसियो तर पार्टीले कालापानी पठायो । 
  • सांसद्को लोगो भिरेर चोकमा गाडी कुर्दा लाजैमर्दो हुन्छ । 
  • देश कर्मचारी तन्त्रले खाइसक्यो, यस्तै हो भने हजार वर्षमा पनि अवस्था यही हो । 
  • बुभ्mदै नबुझी पीए नराखेको भनेर हल्ला गरिदिए । 
  • बुढी गण्डकी आयोजनालाई ब्युँताउन पहिलो पहल गर्ने मै हुँ । 
  • २ वटा पोल र २ क्वायल पाइप बाँडेर जनताको प्रिय देखिनु छैन । 
  • संविधानमा हस्ताक्षर त गरेँ तर त्यसमा म नै सन्तुष्ट छैन । 

गुरुप्रसाद बुर्लाकोटी धादिङ जिल्लाको चैनपुरमा जन्मिएका हुन् । २०२६ सालदेखि नै कम्युनिस्ट पार्टीसँग आबद्ध रही २०३५/३६ तिरबाट धादिङमा कम्युनिस्ट पार्टीको स्थापना गरी निरन्तर कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका उनी २०७० सालको संविधान सभाको निर्वाचनमा धादिङ क्षेत्र नं. २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुन् । निगरानीमा सांसद् स्तम्भ अन्तर्गत यसपालि उनै  सांसद् बुर्लाकोटीसँग कुराकानी गरिएको छ । हेरौँ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ः 
तपाइँको बाल्यकाल कसरी बित्यो ? 

  • बाबुआमाको बिहे भएको लामो समयपछि छोराको रूपमा म जन्मिएँ । बाबुका २ जना श्रीमती थिएँ । पछि कान्छी आमापट्टिबाट अरु ४ सन्तान पनि भए यद्यपि परिवारमा रमाइलै थियो । खान नपुग्ने अवस्था थिएन, घुक्र्याएरै भए पनि चाहिए जति खर्च लिई छाड्थेँ । त्यसैले खासै दुःख भएन ।

बाल्यकालमा स्वभावचाहिँ कस्तो थियो ? 

  • एकदमै चञ्चले । ८/९ वर्षसम्म पनि गइएन । गोठालो गइन्थ्यो, त्यो पनि ध्यान किन जान्थ्यो ? सबै गोठालाहरूलाई बटुलेर दिनभर जङ्गल चहारिन्थ्यो । बेलुका पाए गाईवस्तु लिएर फर्किइन्थ्यो, नपाए रित्तै फर्किइन्थो । नरोएमा पिटाइ खाने डरले पनि रोएको नाटक गरिन्थ्यो । यस्तो बानी कहिल्यै सुध्रिएन ।

अनि पढाइ कहिलेबाट थाल्नुभयो त ? 

  • ७/८ वर्षको हुँदा तुलसीप्रसाद कट्टेलले अक्षर चिनाउनुभएको हो । उहाँसँग पढ्दा–पढ्दै एकैपटक २ कक्षामा भर्ना भइयो । २ पछि एकैपटक ५ कक्षामा र पछि एकैपटक ७ कक्षामा पढियो । ८ कक्षामा काठमाडौंको शान्ति निकुञ्ज मा.वि.मा आएर भर्ना भएपछि भने नियमित पढ्न थालेको हुँ । सोही स्कुलबाट २०३० सालमा थर्ड डिभिजनमा एस्.एल्.सी. पास गरेँ ।

उच्च शिक्षाचाहिँ कहाँ–कहाबाट पूरा गर्नुभयो ?

  • एस्.एल्.सी.पछि सरस्वती कयाम्पसमा सेमेस्टरमा भर्ना गरेँ तर दुई सेमेस्टर पूरा नगर्दै जागिर खाने भूत चढ्यो र पढाइ त्यत्तिकै छोडेर जागिर खान गाउँतिर लागेँ । एकैपटक ज्यामरुङमा हेडमास्टर भइयो तर पछि फेरि पढ्नुपर्ने भन्ने भयो । सानोठिमी क्याम्पसमा कृषि विषय लिएर आई.एड. गरेँ । त्यो पढाइलाई निकै ठुलो मानिन्थ्यो । सिधै नि.मा.वि. शिक्षकको प्रस्ताव आयो, फेरि पढाउन गएँ । पछि प्राइभेट फर्म भरी सार्वजनिक प्रशासनमा डिप्लोमा गरियो तर त्यो भन्दा माथि औपचारिक शिक्षा जान सकेन ।

शिक्षकका रूपमा चाहिँ कति समय बिताउनुभयो ?

  • सर्वप्रथम आई.ए. पढ्न छोडेर ज्यामरुङको शङ्कादेवी प्रा.वि.मा गएँ । त्यहाँ ७÷८ महिना काम गरियो । पछि अर्चने मा.वि. खहरेमा करिब ४ महिना र त्यसपछि सालबास नि.मा.वि.मा स्थायी शिक्षकका रूपमा २०४२ सालसम्म अर्थात् करिब ७ वर्ष काम गरेँ । तर शिक्षक सङ्गठनका गतिविधिमा लागेको भनी म लगायत ६ जना शिक्षकलाई बेजिल्ला सरुवा गर्ने निर्णय गरियो । मलाई पनि दोलखाको खोचापारुतिर सरुवा गरिएको भन्ने थियो तर गइन । करिब १८ महिना जिल्ला शिक्षासँग विद्रोह गरी निजी स्रोतबाट तलब खाई काम गरेँ । २०४३ सालमा पार्टीले जनवर्गीय उम्मेदवारका रूपमा निर्वाचनमा भाग लिने निर्णय गरेपछि प्रधानपञ्चको उम्मेदवार हुन जागिर छाडिदिएँ ।

बन्नुभयो त प्रधानपञ्च ?

  • कहाँ बन्नु नि ! जिल्ला शिक्षा कार्यालयले मेरो राजीनामा स्वीकृत नभएको भनी प्रधानपञ्च बन्न दिएन । हामीले अर्को उम्मेदवार बनायौँ र जितायौँ पनि ।

तपाईँ कम्युनिस्ट राजनीतिमा लाग्नुको श्रेयचाहिँ कसलाई दिनुहुन्छ ? साथै, कति सालदेखि तपार्इँ राजनीतिमा सक्रिय हुनुभएको हो ?

  • कम्युनिस्ट राजनीतिमा लाग्न प्रेरणा प्रदान गर्नुहुनेमध्ये लोकनाथ लोहनीलाई म पहिलो श्रेय दिन चाहन्छु । स्कुल भर्ना हुनुअघि देखि नै मलाई उहाँले पठाउनुभएको हो र त्यो प्रभाव पछिसम्म रहिरह्यो । जहाँसम्म राजनीतिक सक्रियताको कुरा छ, २०२६ सालमा आरुघाटमा कक्षा ६ मा पढ्दै गर्दा माध्यमिक तहको स्ववियु निर्वाचनमा पहिलोपटक कम्युनिस्टलाई भोट हालेको हुँ । खास सक्रियताचाहिँ २०३६ साल कार्तिकमा हामी ५ जना (म लगायत राजेन्द्र पाण्डे, जगन्नाथ नेपाल, टंकनाथ शर्मा र भीमप्रकाश ओझा) मिलेर धादिङ जिल्लाकै पहिलो सङ्गठनका रूपमा नेकपा माले जिल्ला पार्टी सक्रिय दल गठन गरेका थियौँ । त्यो नै सक्रिय राजनीतिको पहिलो बिन्दु हो । त्यसपछि शिक्षकका रूपमा जागिर गर्दै जाने क्रममा राजनीति पनि अघि बढ्दै गयो । २०४३ सालमा हुने भनिएको निर्वाचनमा मलाई गा.वि.स.को प्रधानपञ्चको उम्मेदवार बनाउने निर्णय भयो । राजनीतिकका लागि मैले जागिर पनि छाडिदिएँ तर तत्कालीन डिईओ(जिल्ला शिक्षा अधिकारी) सहित मिलेर मेरो राजीनामा स्वीकृत नभएको भनी प्रधानपञ्चको उम्मेदवारी नै रद्द गरिदिए । यसरी राजनीतिमा सक्रियता बढ्दै गयो ।

तपाईँ जिल्लाकै संस्थापक कम्युनिस्ट मान्छे तर राष्ट्रिय राजनीतिमा त त्यति माथि आउन सक्नुभएन नि !

  • मेरो असहमति पनि त्यसैमा छ । हामीलृ कति धम्की सहेर कम्युनिस्ट पार्टीको जग बसायौँ । पार्टीमै राजनीति गर्दा स्थायी जागिर पनि छाडियो । २०४४ सालमा पूरा १ वर्ष जेल पनि परियो । २०४६ मा पनि केही समय जेल परियो । हिरासतमा त झनै कति बसियो तर जब देशमा प्रजातन्त्र आयो र संसदीय निर्वाचनको घोषणा भयो, त्यतिबेला मलाई धादिङ क्षेत्र नं. १ बाट सांसद्को उम्मेदवार बन्न टिकट दिइयो । मेरो जे जति लगानी थियो, त्यो क्षेत्र नं. २ मै थियो, त्यसैले अपरिचित क्षेत्र नं. १ बाट मैले जित्न सकिन । २०५१ को मध्यावधि चुनावमा पनि त्यही गरियो । त्यसैले राष्ट्रिय राजनीतिमा म २२ वर्ष पछाडि धकेलिदिएँ । २०४८ र २०५१ सालमा क्षेत्र नं. २ बाट टिकट पाउने गंगालास तुलाधरजी जुनियर भएर पनि केन्द्रीय राजनीतिमा हावी हुन सक्नुभयो तर मैले पार्टीकै कारण निरन्तर पछाडि पर्नुप¥यो ।

अहिले तपाईँ धादिङ क्षेत्र नं. २ को तर्फबाट सांसद हुनुहुृन्छ । यहाँको जिल्ला त भूकम्पान पनि निकै प्रभावित रहेको भन्ने खबर आइरहेका छन् । जनतासँग न बास छ, न गाँस छ, न आश छ भन्ने अवस्था आइरहेको छ । त्यसमा के पहल गर्नुभएको छ त ? 

  • हेर्नोस्, पहिलो कुरो त भूकम्पजस्ता प्राकृतिक प्रकोपहरू सांसद्ले निम्त्याइदिएका होइनन् । विपत्तिका बारेमा विश्वलाई नै थाहा छ र यसबारेमा सरकारले नै पूरै ध्यान खिचिरहेको छ भने यस्ता मामलामा एउटा सांसद्ले खासै गर्न केही सक्दैन । तैपनि हामीले आप्mनो क्षेत्र र जिल्लाका बारेमा सम्बन्धित निकायमा बढीभन्दा बढी जानकारी गराई नै रहेका छौँ । अस्ति मात्रै पनि पुनर्निर्माण प्राधिकरणसँग भूकम्प बढी प्रभावित क्षेत्रका सांसद्हरुको बैठक भएको थियो । सो क्रममा हामीले जनतालाई कम से कम ३ लाख अनुदान र थप दुई लाख सहुलियत दरमा ऋण प्रदान गर्नुपर्ने कुरामा जोड दियौँ । हाल प्राधिकरणले पनि आप्mनो काम गरिरहेको छ भने तथ्याङ्क सङ्कलनका कार्यहरू भइरहेका छन् । त्यसको आँकडा आएपछि घर निर्माणका लागि पैसा दिन सुरु गरिन्छ । जहाँसम्म खानेपानीको कुरा छ, त्यो पनि सही कुरा हो । एकातिर भूकम्पले मूल सुक्नु र अर्कातिर लामो समयसम्म वर्षाद् नहुनुले पहाडी भेगमा पानीको समस्या आएको छ तर यस्ता समस्याको समाधान तत्काल भइहाल्न सक्दैन । फेरि २/३ दिन पानी आइदिने हो भने जनजीवन पुरानै अवस्था पनि फर्कन्छ, तसर्थ आज यस्तो समस्या प¥यो भन्दैमा आजै केही गर्न सकिँदैन । यस्ता पनि समस्या आउन सक्छन् भन्ने बुझियो, अब त्यस्ता समस्याहरुका समाधानका बारेमा दीर्घकालीन योजना बनाउनुपर्छ ।

तपाईँ सांसद् हुनुभएको पनि करिब अढाइ वर्ष भइसक्यो । यसबीचमा चाहिँ तपाईँले उल्लेख्य कार्य के–के गर्नुभयो त ?

  • हामी संसदीयभन्दा पनि संविधान सभाको निर्वाचनमा विजयी भएका हौँ । संविधान सभाको निर्वाचनको मूल लक्ष्य नै गणतान्त्रिक नेपालको संविधान जारी गर्नु थियो, जुन कुरा हामीले पूरा गरिसकेका छौँ । संविधान घोषणा भएको भर्खर ६/७ महिना भएको छ र अझै पनि विवादित विषयमा संशोधन गरी संविधान कार्यान्वयन गराउने चुनौती छँदैछ । सांसद्को हैसियतले आप्mनो क्षेत्र र जिल्लामा गर्नुपर्ने कार्य भन्ने छ, त्यसमा पनि यसबीचमा निकै प्रगति भएका छन् । पहिलो कुरा त धादिङ र गोरखाबीचमा बग्ने गण्डकीबाट बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । यसका लागि हामीले यिनकै पहल ग¥यौँ । हाल मुआब्जाको पहिलो किस्ता विवतरण भइरहेको छ । यदि १२०० मेगावाट क्षमताको आयोजना त्यहाँ बन्न सक्यो भने धादिङलाई मात्रै रोयल्टी स्वरुप वार्षिक १ देखि डेढ अर्ब रुपैयाँ प्राप्त हुन्छ । यसका साथै सबैभन्दा ठुलो मानव निर्मित ताल बन्ने भएपछि आसपासका क्षेत्रहरु समेत पर्यटकीय गन्तव्य क्षेत्र बन्न पुग्दछन् । स्थानीयलाई रोजगारीको व्यापक अवसर मिल्नेछ । सांसद्हरुले यस्ता ठुला योजनाहरुलाई तुहिन नदिन पहल गर्ने हो । २ वटा पोल र २ क्वायल पाइप बाँडेर वाह–वाही लुट्ने होइन भन्ने मलाई लाग्छ । यसका साथै, यसै वर्षभित्र त्रिशुली नदीमा ६ वटा पक्की पुलको शिलान्यास हुँदैछ । मलेखु बजार नजिक(आरुबासटार), नहरे बगैँचा, पीपलटार, गल्छी बैरनी र मासटार चुच्चे बगरमा यस्ता पुल निर्माणका लागि बजेट गइसकेको छ । क्रमागत रुपमा बजेट जाँदा आगामी ५ वर्षभित्र ती सबै पुल बनी सक्छन् । यसका साथै धादिङ–सल्यानटार–आरुघाट सडकलाई ९ मिटर चौडा गराई कालोपत्रे गर्ने कार्यक्रम कार्यान्वयनको क्रममा छ । अहिले टेण्डर आह्वानको प्रक्रियामा छ । साथै धादिङबेसी–साङकोष–तिप्लिङ सडकका लागि पनि बजेट हालिएको छ । सीतापाइला देखि जीवनपुर हुँदै गल्छी निस्कने लामीडाँडा सडक कालोपत्रे भइसकेको छ भने त्यसको थप सुधार गरिँदैछ । ससाह–अमराई–आरुबासटार सडक खण्डका लागि रु. ५ करोड रुपैयाँ बजेट गइसकेको छ र कम से कम ग्राबलिङ गर्ने प्रक्रियामा छ । यी बाहेक अन्य सामान्य विकासका कार्यहरु त नियमित भइरहेकै छन् ।

प्रसङ्ग बदलौँ, तपाईँको वैवाहिक जीवनबारे केही बताइदिनोस् न ! युवावस्थामा त प्रेम पनि खुबै गर्नुभयो होला !

  • यस मामलामा म निकै पछाडि परेँ । १३ वर्षसम्म चकचक गर्दैमा बित्यो । १३ वर्षमा घरबाट बिहे गरिदिने कुरा गरेछन् । मलाई थाहै नदिई कुरा पनि छिनिसकेछन् । एक्कासी बिहेको सुरसार भएपछि मात्रै सबै कुरा थाहा पाएँ । सबैले लगभग त्यस्तै उमेरमा बिहे गर्ने गर्थे, त्यसैले नराम्रो पनि लागेन । विद्रोह गर्न सक्ने पनि थिइन र गरिन पनि । यसरी एक्कासी बिहे भयो । जग्गे मै गएपछि श्रीमतीलाई देखेँ । देखेपछि उनीसँग मात्रै प्रेम भयो । अन्यसँग प्रेम गर्ने मौकै पाइन ।

१३ वर्षमै बिहे गर्दा कस्तो अनुभव भयो ? श्रीकतीसँग पहिलो पटक कसरी बोल्नुभयो ? 

  • त्यतिबेला सबैको बिहे लगभग उस्तै उमेरमा हुने भएकाले फरक अनुभव चाहिँ केही भएन तर बिहे गरिसकेपछि भने श्रीमतीसँग नजाािँदो सम्बन्ध बढ्न पुग्यो । घर परिवारका साथमा हुँदा श्रीमतीसँग खास बोलचाल हुँदैनथ्यो तर एकान्तमा भने राम्रै बोलिन्थ्यो । श्रीमती कहिलेकाहीँ माइत जाँदा पनि निकै न्यास्रो लाग्थ्यो, २/३ दिनमै छट्पटिन्थेँ ।

श्रीमतीलाई तँ भन्नुहुन्थ्यो कि तिमी ? 

  • त्यतिबेला श्रीमतीलाई तिमी भन्ने चलन नै थिएन । तिमी भन्यो भने ठुलै अपवाह भएजस्तो लाग्थ्यो । त्यसैले तँ नै भनेँ, अलिे पनि तँ नै भन्छु ।

श्रीमतीको पढाइ कति हो ?

  • साक्षर मात्र ।

तपाईँ जनप्रतिनिधि(माननीय) पदमा हुनुहुन्छ । साक्षरमात्र रहेकी श्रीमतीका कारण केही अप्ठेरो पर्दैन ?

  • केही त पर्छ तर त्यस्ता अप्ठ्यारालाई अप्ठ्यारा मान्नुहुँदैन । जे छ, त्यसमा चित्त बुझाउने हो । यो भइदिएको भए, ऊ भइदिएको भए भन्नुको कुनै अर्थ हुँदैन । छोरा–बुृहारी पनि विदेशपतरै छन् । कहिलेकाहीँ एक्लै विदेश जानुप¥यो भने उनलाई केही समस्या हुन्छ ।

तपाईँको परिवारको हाल कूल आय कति छ ? सांसद्को तलबले घर खर्च चल्छ त ? 

  • चल्दैन । उता उता कटाएर प्राप्त हुने रकम भनेको करिब ४१ हजार हो । त्यसमा पार्टीको लेबी तिर्दा कति नै बाँकी रहन्छ र ? नेपालमा एउटा शाखा अधिकृत गाडी चढेर हिँड्छ तर सांसद् भने सार्वजनिक गाडी कुरेर चोकमा अभिनु पर्छ । यो लाजै मर्दो कुरा हो ।

त्यसो भए घर खर्च कसरी चलाउनु हुन्छ त ? 

  • छोरा–बुहारी अष्ट्रेलियामा छन् । छोरो मेडिकल साइन्समा पीएच्डी गर्दैछ । उनीहरुले चाहिएको बेलामा खर्च पठाइदिन्छन् । अन्य छोरीहरु पनि बिहेदान गरेर पठाइसकेँ । परिवार सानो छ, कोठा भाडा १७ हजार तिर्छु । अन्य बाँकीका लागि छोरा–बुहारीकै भर परिरहेको छु ।

कार्यकर्ताहरुलाई पनि चिया खाना खर्च दिनुहुन्छ कि ?

  • अहँ दिन्न । बरु उनीहरुले नै मलाई चिया खाजा खुवाउनुपर्छ । एमान्दारिताका साथ भन्ने हो भने सांसद्को तलब भत्ताले कार्यकर्तालाई कालो चिया खुवाउन पनि पुग्दैन । यदि पु¥याउने हो भने भष्ट्राचार गर्नुपर्छ ।

भ्रष्टाचारको कुरा त गर्नुभयो । तपाईँले पनि निजी सचिव नराखेर त्यस बापत्को सुविधा आफँैले लिएको भन्ने हल्ला चलेको थियो नि !

  • त्यो बेकारको हल्ला मात्र हो । म सभासद् भएदेखि नै धादिङ कल्लेरीका सुभाष खतिवडालाई निजी सचिव राखेको हुँ । केही अघिसम्म उहाँ नै सो पदमा हुनुहुन्थ्यो । केही अघि उहाँ व्यस्त भएपछि सोही स्थानको रमेश खतिवडालाई निजी सचिवका रुपमा राखेको छु । पैसा दिए–नदिएको कुरा तपाईँहरुले नै बुभ्mन सक्नुहुन्छ ।

प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आए पनि, नयाँ संविधान बने पनि देशको अवस्था त सुध्रिएको छैन नि ! यस बारेमा के भन्नुहुन्छ ? 

  • हेर्नोस्, देशमा संवैधानिक सर्वोच्चता रहेको र संविधानले संसदीय व्यवस्थाको सर्वोपरितालाई स्वीकार गरेका भए तापनि संक्रमणकालको फइदा उठाएर देशलाई कर्मचारीतन्त्रमा फसार्इँदैछ । जब नीति र नियममा राज्य चल्दैन, तब जो काम गर्ने ठाउँमा छन्, उनीहरुको मनोमानी चल्दै जान्छ । हाल नेपालमा पनि त्यही भएको हो । कर्मचारीहरु नै राजनीति गर्छन र दलका शीर्ष नेताहरुको हुकुम प्रभाङ्गीमा कर्मचारी नियुक्त हुन्छन् । उनीहरुलाई नियमित संरक्षण पनि त्यस्ता नेताहरुले गरिरहेका हुन्छन् । कर्मचारी भ्रष्टाचार गर्छन्, नेतालाई सहयोग गर्छन् । यस्तो अवस्थामा कसरी हुन सक्छ देशको विकास ? जबसम्म नीतिभन्दा व्यक्तिको प्रधानता रहिरहन्छ, तबसम्म सम्झनुस्, पदव्य हजार वर्ष खर्चिए पनि नेपालको अवस्था त्यही नै रहिरहनेछ ।

तपाईँ एउटा जनप्रतिनिधि हुनुहुन्छ । यहाँको दैनिक जीवनका बारेमा पनि जनतालाई केही जान्ने इच्छा हुँदो हो । केही बताइदिनोस् न यस बारेमा !

  • हुन त राजनीतिक नेता–कार्यकर्ताको नियमित दैनिकी हुँदैन । यद्यपि भन्नु पर्दा म बिहान ६ बजेसम्ममा उठिसक्छु । त्यसपछि हातमुख धुने वा नुहाउने गरिन्छ । ७ बजे अलिकति दुध खान्छु र फुर्सद भए आधा घण्टा जति बाहिर घुम्न निस्कन्छु । त्यसपछि १० बजेसक्क जनता भेटघाट गर्ने हो । जनता भेटघाट सकिएपछि खाना खाने र संसद् भए संसद्मा, नभए काम परेको ठाउँतिर जाने गरिन्छ । पहिला त बारम्बार धादिङ गइरहन्थैँ तर अहिले मुटुको ठुलो अप्रेसन गरेकाले केही समय उपत्यका बाहिर जाने योजना छैन । दिनभर पनि भेटघाट र कार्यक्रम मै बित्छ । आप्mनो सवारी साधन नभएकाले धेरै समय त ट्राफिक जाममा कुर्दाकुर्दै बित्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ? 

  • संविधान बनेको छ, त्यसको सफल कार्यान्वयन हुन सकोस् । द्ेशमा नीति प्रमुख होओस्, नेता होइन तब मात्र देशको विकास सम्भव छ । निगरानी डट कम बाट 

 9