३३ घण्टा लामो बृहत मुक्तक दोहोरी हुँदै

1613 पटक पढिएको

सम्पादक: Dhading News

 

13669701_1566694300302054_2010199714606081276_nकाठमाडौं / बैदेशिक रोजगार विषयमा साउन १५ गते शनिवार मुक्तक दोहोरी हुने भएको छ । साँझ ३ बजे देखि लगातार ३३ घण्टा (१६ गते रातको १२ बजे सम्म) मुक्तक दोहोरी हुने भएको हो । साहित्यको बिभिन्न शिर्षकमा अनलाइन मार्फत नयाँ नयाँ कार्यक्रमहरु ल्याएर सर्जकहरुलाई छुट्टै स्वाद चखाउदै आएको चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिकाको कार्यक्रम मुक्तक दोहोरी दुई महिनाको अन्तरालमा गरिने भएपनि यस विविध कारणबस १९ औं भाग भने ४ महिनामा हुने भएको जनाईएको छ । दोहोरी परिवारले प्रमुख भूमिकामा पुरुष तर्फ सन्तोष अम्गाई र महिला तर्फबाट आर्य आयुषालाइ छनौट गरेको छ । दोहोरी ब्यबस्थापन को लागि निर्देशक प्रकाश अर्याल चुकुप्रकाश , सल्लाहकारमा मदन भण्डारी , सुनिल अधिकारी र सम्झना अर्याल दर्पण रहि आउनुभएको छ । कार्यक्रमको ब्यबस्थापन हरिशरण अर्याल र विन्दा खतिवडा लुरीले गर्नुहुनेछ भने बिशेष सहयोगी प्रकाश मगर वियोगी र कृष्ण घिमिरे रहनुभएको छ । कार्यक्रमका लागी सम्पर्क सहयोगी समुहमा प्रतिमा केशी , नानु मगर , पुरन वियोग , प्रिन्स याख्खा , विरेन्द्र कार्की , सुजन क्षितिज राई, अमन एकल र रमेश रशिक लाई चयन गरिएको छ ।muktak-dohori-unit.jpgमुक्तक दोहोरीमा समाबेश मुक्तकहरु देशका बिभिन्न रेडियोका मुक्तक विशेष तथा साहित्य विशेष कार्यक्रमहरुबाट प्रसारण हुने गर्दछ । सामुहिक मुक्तक दोहोरी खेल नेपालमै पहिलोपटक अप्रिल २०१४ वाट चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिकाले थालेको थियो । १८ औं भाग सम्मको सफलता संगै यस समुहले मुक्तक दोहोरी कार्यक्रमबाट मात्रै ४० हजार भन्दा धेरै मुक्तक जम्मा पारेको छ भने हजारौं मुक्तककारलाई दोहोरी कार्यक्रममा ल्याईसकेको निर्देशक अर्यालले जानकारी दिनु भयो।