मूल्य घट्यो पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको 

892 पटक पढिएको

सम्पादक: Dhading News

imager (1)

मंगलवार, श्रावन- १८, २०७३ ,काठमाडौं । नेपाल आयल निगमले साढे ६ महिनापछि पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य घटाएको छ।
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, डिजल र मट्टितेल सबैमा प्रतिलटर २ रुपैयाँ घटेको छ। एलपी ग्यासमा निगमले करिब एक वर्षपछि २५ रुपैयाँ घटाएको छ।मङ्गलबार साँझ बसेको निगमको बैठकले मूल्य घटाएसँगै पेट्रोल अब प्रतिलिटर ९७ मा र डिजेल तथा मट्टितेल ७३ रुपैयाँमा बजारमा उपलब्ध हुनेछ।

त्यस्तै एलपी ग्यास प्रतिसिलिण्डर १३ सय ७५ रुपैयाँमा उपभोक्ताले पाउने छन्। मूल्य समायोजन हुनुभन्दा पहिले प्रतिलिटर पेट्रोल ९९, डिजेल ७५, मट्टितेल ७५, एलपी ग्यास १५ सय रुपैयाँ थियो।

मूल्य समायोजन नभएको आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १ सय ९ र बाह्यतर्फको प्रतिकिलो लिटर ८ सय ८१ अमेरिकी डलर छ।  यसअघि निगमले माघ ४ गते पेट्रोलमा प्रतिलिटर ५, डिजल र मट्टीतेलमा प्रतिलिटर ६ र खाना पकाउने एलपी ग्यासमा भने भदौ १५ गते प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाएको थियो।