-
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ को ट्रेलर दर्शकले रुचाएको पाइएको छ । हास्य कलाकार दिपा श्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा’ को ट्रेलर रिलिज भएको १६ दिनमा ६ लाख ४० हजार पटक युट्युवमा सर्च गरेको पाइएको छ ।दिपकराज गिरी, प्रिपंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेका छन् ।‘छ एकान छ’ र ‘वडा नम्बर ६’ निर्माण गरेको युनिटले नै ‘छक्का पञ्जा’ बनाएको हो । ‘छ एकान छ’ र ‘वडा नम्बर ६’ दुबै सफल चलचित्र हुन् ।दिपकराज गिरी र दिपा श्री निरौला पछिल्लो समय ‘तितो सत्य’ नामक हास्य प्रदान टेलिचलचित्र बन्द गरेर ठूलो पर्दाका सिनेमा निर्माणमा सक्रिय देखिएका छन् । काँचको पर्दामा जमेको दिपक–दिपाको जोडी सेतो पर्दामा फापेको छ । ‘छक्का पञ्जा’को ट्रेलरमा वैदेशिक रोजगार, प्रेम, वियोग देखाइएको छ । ‘छक्का पञ्जा’ को रिलिज डेट भदौ २४ गतेका लागि तोकिएको छ ।‘छक्का पञ्जा’ को गीत ‘देखन चम्पा सुनन चम्पा’ पनि निकै लोकप्रिय बनेको छ । जुलाई १८ मा युट्युवमा अपलोड गरिएको गीत १० पटक सर्च गरिएको पाइएको छ ।रंग पत्रकार शान्ती प्रियको शब्द रहेके गीतममा स्वर कृष्ण काफ्ले र दिपा श्री निरौलाको रहेको छ । संगीत दिपक शर्माले गरेका छन् । बाह्रखरी डट कम अनलाइनबाट
लोकप्रिय हुँदै ‘छक्का पञ्जा’ को ट्रेलर र गीत (ट्रेलर र गीतसिहत)
876 पटक पढिएको