अम्लेश्वर महादेव मन्दिर परिसरमा तीजको दिन भव्य सांस्कृतिक कार्यक्रम हुने

1093 पटक पढिएको

सम्पादक: Dhading News

14192090_519498971575209_2021370202774504575_nअम्लेश्वर युवा क्लव ( एबिसि)बैरेनी–९, महेशदोभानको आयोजनामा अम्लेश्वर महादेव मन्दिर परिसरमा तीजको दिन भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
धार्मिक एवम सांस्कृतिक महत्वको अम्लेश्वर महादेव मन्दिर क्षेत्रको प्रचार प्रसार गरी यस ठाउंलाई पर्यटकीय स्थलको रुपमा विकास गराउन स्थानीय युवाहरु सक्रिय भएर लागि परेका हुन । तीजको दिन मन्दिर क्षेत्रमा भव्य मेला लाग्ने भएकाले सोही अवसरमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितीमा तीज बिशेष बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको युवा क्लवका सदस्य विपिन मल्लले जानकारी दिनु भयो ।
14191864_519493518242421_113485711_o14192090_519498971575209_2021370202774504575_nकार्यक्रममा वरिष्ठ लोक दोहोरी गायक रेशम थापा,  गायक राजु परियार, एक खुट्टाले नृत्य प्रर्दशन गर्ने निलम ढुङ्गाना, गायक राम थापा शिशिर, जमुना आचार्य, सविन लामा, मनोज थापा, पवित्रा अधिकारी, लगायत हाँस्य कलाकार एस जोडि सहित झण्डै दुई दर्जन कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
अन्य कलाकारहरुमा मिलन श्रेष्ठ, सुनिता श्रेष्ठ, दिनेश श्रेष्ठ, शर्मिला श्रेष्ठ, शिला गुरुङ, दिपिका गुरुङ, कुसुम परियार, लेखनाथ बस्नेत लगायत रहेका छन् ।
14171808_519493868242386_1928680285_nकार्यक्रमस्थल महेशदोभान क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका साथै तिज पर्वको महत्वलाई जोगाईराख्न कार्यक्रम आयोजना गर्न लागिएको अम्लेश्वर ब्वाईज क्लबका विपिन मल्लले बताउनु भयो । त्रिशूली नदीको किनारमा रहेको उक्त क्षेत्रमा पिकनिक स्पट तथा विवाह, व्रतबन्ध एवम् चलचित्र छयाँकन लगायतको काम हुँदै आएको छ । आगामी दिनमा उक्त क्षेत्रलाई नमुना पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको अम्लेश्वर ब्वाईज क्लबले जनाएको छ ।कार्यक्रमको मिडिया सहयोगीका रुपमा यस www.dhadingnews.com पनि रहेको छ ।अम्लेश्वर महादेवको मन्दिरमा हरेक बर्ष जनै पूर्णिमा, तीज, ऋषि पञ्चमी, ठुलो एकादशी,शिवरात्रीका बेला भव्य मेला लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको अम्लेश्वर मन्दिर क्षेत्र केही बर्ष देखी चारैतिरबाट अतिक्रमणको चपेटामा पर्दै आईरहेको छ ।