भर्खर क, ख लेख्न सिक्दै छिन् जुनु गौतम

1040 पटक पढिएको

सम्पादक: Dhading News

 

img-20161211-wa0004काठमाण्डौ । मैले क लेख्न जाने भन्दै .झापाकी जुनु गौतम नेपाली सांगीतिक क्षेत्रमा क ख ग घ सिक्दै छिन ।साहित्यकार झमक घिमिरेको आत्मपरक जीवनी जीवन काँडा की फुलमा आधारित नेपाली कथानक चलचित्र जीवन काँडा की फुलमा समाबेश उक्त गीतबाट गायीका जुनु गौतम नेपाली सांगीतीक क्षेत्रमा प्रबेश गरेकी छिन ।
प्रकाश शिवाकोटीको शब्द संगीतमा सो गीतमा जुनुले आफ्नो आवाज भरेकी हुन् । शास्त्रीय संगीतमा् बगेको सो गीतको यतिबेला छुटै चर्चा पनी चल्नथालेको छ । त्यसो त मित्र राष्ट्र भारतमा बसोबास गर्दै आएकी जुनुले भारतमै रहेर संगीतमै विसारत् पनी गरेकी छिन ।

जुनुले केही हिन्दी बेंगोली र त्रिपुरी भाषाका गीत पनी गाईसकेकी छन् । तर जुनुको यो नै पहीलो नेपाली गीत हो भन्दा फरक पर्दैन । आफुलाई संगीतको विद्यार्थी भन्ने र आफ्नो आत्मसन्तुष्टीका निमित्त नै गायन क्षेत्रमा लागेकी बताउने जुनु हाल नेपालमै रहेर आफ्नो सांगीतीक भबिष्य पनी खोजीरहेकी छिन ।

यतिबेला बिस्तारै बिस्तारै उनी नेपाली मिडियाको चासोको पात्रपनी बनेकी छिन । उनले भनिन् , म सबैजनाको साथ सहयोगबाट नेपाली संगीतमा केही गर्न चाहान्छु । मलाई सबै जनाको साथ सहयोगको खाँचो छ । तर उनले यस क्षेत्रका
केही ब्यक्तिहरुको सस्तो सल्लाहले भने आफुलाई दुखि तुल्याएको पनी सुनाइन् । चलचित्र जीवन काँडा की फुलको मैले क लेख्न जाने गीतले उनलाई केही सांगीतिक कार्यक्रमहरुमा प्रस्तुतिको अवसर पनी जुराएको छ ।

उनी सांगीतीक प्रस्तुतिका निमित्त स्टेज चढ्छिन उनको सो गीत सुनेर आम दर्शकहरु छाती पिटेर रोएको घटनालाई हेर्ने हो भने उनको स्वरमा कत्तीको जादु छ भन्ने कुरा अडकल गर्न सकीने चलचित्रका निर्देशक बिनोद बिष्टले बताउँछन । त्यसो त उनी निकटका केही संगीतकर्मीको बुझाईअनुसार जुनु गौतम नेपाली सांगीतीक क्षेत्रका नब उदयमान नक्षत्र हुन जसले साँच्चिकै नेपाली संगीतको स्तरलाई माथी उठाउनको निमित्त जन्मेको एउटा गायीका हो भन्नसम्म पछी
पर्दैनन ।
एक संचारकर्मीको भनाईअनुसार त जुनु गौतम सांगीतीक क्षेत्रमा निरन्तर लागी रहने भने केही बर्ष भित्रमा संगीतको त्यो उचाई चुम्नेछिन । अन्यथा यसो हुन सकेन भने त्यो एउटा ठुलो अपबाद हुनेछ ।