धादिङ जिल्लाका दुवाडीहरु संगठित
824 पटक पढिएको


नवगठित कार्यसमितिले छिट्टै नै केन्द्रिय समितिले प्रकाशन गर्न लागेको दुवाडीबन्धुहरुको बंशावली निर्माणको लागि धादिङ जिल्लाको बंशावली संकलन गर्ने बताएको छ । दुवाडीहरुको पहिचान कायम राख्न, पुर्खाहरुको इतिहाँस जोगाइराख्नको संगठित भएको र समाजले दुवाडीहरुको हितलाइ मध्येनजर गर्दै आगामी कार्यक्रमहरु तय गर्ने नवगठित समितिका अध्यक्ष केशवराज दुवाडीले बताएका छन । भेलामा केन्द्रिय समितिका अध्यक्ष राममणी दुवाडीले दुवाडीहरुको इतिहाँस, संगठित हुनुको उद्येश्य, बंंशावली निर्माणको पछिल्लो अवस्थाका बारेमा सहभागीहरुलाइ जानकारी गराउनुभएको थियो । भेलामा धादिङको नलाङ, ढोला, मुरलीभन्ज्याङ, सुनौलाबजार, धुषा, पिडा र जोगीमारा लगायतका गाउँविकास समितिमा छरिएर बसेका दुवाडीबन्धुहरुको सहभागीता रहेको थियो ।
गत कात्र्तिक महिनामा चितवनमा दुवाडीहरुको राष्ट्रिय भेला आयोजना गरि केन्द्रिय समिति बनाइएको र सोही भेलाले दुवाडीहरुको बसोबास रहेका जिल्लाहरुमा शाखा समिति गठन गर्ने निर्णय भएको थियो ।