फेसबुकमा भएको अश्लिल सामाग्री हटाउन के गर्ने?

1120 पटक पढिएको

६ फाल्गुन २०७३, शुक्रबार ०७:१५ सम्पादक: धादिङ न्यूज

काठमाडौं–पछिल्लो समयमा समाजिक संजाल फेसबुकमा अश्लिल सामाग्री तथा लिंक ट्याग हुन थालेको भन्दै प्रहरीले त्यसबाट बच्ने उपाय सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको सुझाव यस्तो छ।

आफ्नो फेसबुक एकाउण्टबाट आफ्नो जानकारी र अनुमती बिना आफूले पठाउदै नपठाएको विभिन्न अश्लिल फोटो तथा भिडियो शेयर हुन थालेपछि प्रहरीले शेयर हुने गरेको समस्याका गुनासाहरु आएको हुँदा सर्वसाधारणको जानकारीका लागि, त्यस्ता समस्याबाट बच्न निम्न उपायहरू अपनाउन अनुरोध गर्दछौ ।
तत्काल आफ्नो फेसबुकमा ट्याग तथा म्यासेजमा पोष्ट भएका त्यस्ता कन्टेन्ट हरुलाई डिलिट गर्ने । आफुले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको ब्राउजरको सेसन, कुकिज फाइल एप्लिकेश डाटालाई आवश्यकता अनुसार सो कम्प्युटरबाट डिलिट गर्ने ।
आफुले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको टेम्प्रोरी फाइल हरुलाई आवश्यकता अनुसार सो कम्प्युटरबाट रिमुभ वा डिलिट गर्ने ।आफ्नो फेसबुक चलाउन प्रयोग गरेको पासवर्ड तत्काल परीवर्तन गर्ने । साथै पासवर्डलाई सेक्योर गर्ने अन्य अपसन हरुलाई इन्डेवल गर्ने ।
फेसबुकको सेक्युरिटी पोलेसीलाई इडिट गरी सम्बन्धित प्रयोगकर्ताको अनुमती बिना निजको फेसबुकमा कुनै कुरा ट्याग गर्न नदिने व्यवस्था मिलाउने । जसबाट अन्य ब्यक्तिले आफ्नो फेसबुकमा कुनै कुरा ट्याग गर्नसक्दैन र यस्ता स्पाम हरुबाट बच्न सकिन्छ ।
आफुले चलाउदै आएको फेसबुक पेजसंग सम्बन्धित लाउनलोड गरीएका अन्य एप्लिकेशन हरु डिएक्टिभेट गर्ने र आवश्यकता अनुसार रिइन्स्टल गर्ने ।आफ्नो कम्प्युटरमा इन्टरनेट चलाउन प्रयोग गरीएको इन्टरनेट ब्राउजर एप्लिकेशन हरुलाई रिइन्सट गर्ने ।

-नागरिक न्यूज


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza