आज ग्याल्पो ल्होसार

971 पटक पढिएको

सम्पादक: Dhading News

 

4d3564b1-74ff-4469-8858-df10fad9645aएक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन ‘भगवान इन्द्र’ का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसै विश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।

हिमाली क्षेत्र आसपासमा माटोहरुलाई खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पैँठेजोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्कीएका शेर्पा लगायत अन्यउच्च भू-भागमा वसोवास गर्ने वौद्धमार्गी समूदाय आज ग्याल्पो ल्होसार मनाँउदै छन् । देवकोटाको मुनामदनको कथा देखि सरुभक्तकोथाङ्गलासम्म, अनि विभिन्न विदेशी चलचित्रहरुः ‘क्याराभान’, दुईवर्ष अघि प्रदर्शनमा आएको अङ्ग्रेजी भाषामा नेपालमा छायाङ्कन गरिएकोचलचित्र एभरेष्ट जस्ता विश्व प्रसिद्ध चलचित्रहरु हिमाली भू-भाग अनि जीवनशैलीका प्रतिरुपहरु हुन् । संसारको शिरभाग अर्थात् हिमालवरपर हिमशयलको देश नेपालमा आज प्रकृती अनि हिमाल लगायत समग्र मानवता अनि शान्तिको कामना गरिंदै रङ्गीविरङ्गी झण्डाअनि ध्वजा पताकाहरु अनि तिनमा अङ्कित शान्ति छर्ने मन्त्रहरु हिमालका तिनै चिसो हावाले दिने गतिकासाथ फहराउने छन् । ‘ल्हो’अर्थात् नयाँ अनि ‘छार’ अर्थात् वर्ष, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ ।  हुन त यो ग्याल्पो ल्होसार कुनै समूदाय विशेषसंगमात्र सम्बन्धित चाड त हैन्, एउटा साझा उत्सर्गको साटासाट हो आज।  यो ल्याल्पो ल्होसारको सबैलाई शुभकामना ।

नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समूदायले ल्होसार शुरु हुनु एकमहिना अघि नै आ-आफ्नो घर रङ्ग्याउने, फोहेरहरु फाल्ने, सफा गर्ने  र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनिहरुले सम्बोटा लिपिलार्इ सेतोपिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी ‘देलेकु’ भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरुले घर सजाउने गर्दछन् ।

तिनप्रकारका ल्होसारहरु मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्यसमुदायहरुको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाईन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरैसमूदायको यो एउटा साझा ल्होसार हो । नयाँ वर्ष अर्थात् ल्होसारको मितीका सम्बन्धमा विभिन्न समूदायहरुका मिती अनि ल्होसारमनाउने दिनबारे फरक फरक मत पाईन्छ । वर्ष र मिती भन्दा पनि मत अनि मन मिलेका वर्षहरु सँधै रमाईला अनि मिठा हुन्छन्, हर्ष र ताली बजाएर यो ल्होसारको स्वागत गरौं ।

आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने ‘खाप्से’ हो । मैदाको पिठोबाट बनाईएको एकप्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि । हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरि गहुँको बिउँ छरिएको हुन्छ, जसलाई ‘लोपूल’ भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीकारुपमा लिईन्छ । यस वर्षभरि हिमालकोहावापानीले हाम्रा हिमाली दाजुभाई अनि दिदिवहिनीलाई साथ दिनेछन्, यी लोपूलहरुले सबैको कल्याण गरुन ।

ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारीएको हुन्छ त्यसलार्इ ‘गुथुक’ भनिन्छ । यो परिकारलार्इ आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दैबाँडेर खाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्ला-बेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुनराखेर पकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतोकपडाको टुक्रा पर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमाखरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरुसफल हुने मान्यता शेर्पा समूदायमा रहेको छ ।

आङ्गन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरुमा भएका पुराना ध्वजाहरुलाई आज परिवर्तन गरिन्छ । हिमालका हावाहरुले मन्त्रलेखिएका यी कपडाका ध्वजाहरुलाई हल्लाउदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झण्डाहरुले संसारभरी शान्तिको एउटाअद्वितीय कामना अभिव्यक्त गर्दछन् । यस्ता झण्डाहरुका बारेमा केही थप जानकारी प्रस्तुत गर्याैं । लामो लठ्ठी या आडमा राखिएकाएकनाशको तलदेखि माथीसम्मको एउटै झण्डालाई ‘दार्चोर’ भनिन्छ  अनि लामो डोरीहरुमा ससाना चारकुने झुण्डाइएका झण्डाहरुलाईभने ‘लगंता’ भनिन्छ, तिब्बतियन भाषामा यसको अर्थ ‘हवाई घोडा’ हो ।

एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँभईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन ‘भगवान इन्द्र’ कामाध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसैविश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।

ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरुमागएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । साथै यसअवसरमा मिठो मसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटानलगायतका देशमा पनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ यो सामाग्री हाम्रो पात्रोबाट लिएका हौं । ।

खाप्सेको स्वादझै गज्जब अनि ध्वजाहरुजस्तै शान्त र रङ्गीन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, ग्याल्पोल्होसारको शुभकामना ।