आयल निगमले फेरि बढायो ग्यासको भाउ
1371 पटक पढिएको
काठमाडौं : नेपाल आयल निगमले ग्याँसको भाउ बढाएको छ। आयल निगमले ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो। अब ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय ७५ पर्नेछ। यसअघि माघ २० गते आयल निगमले ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय २५ बाट बढाएर १३ सय ५० पुर्याएको थियो। आयल निगमले भारतबाटै ग्यासको भाउ बढेर आएकाले नेपालमा पनि बढाइएको प्रतिक्रिया दिएको छ। आयल निगमका प्रवक्ता सिताराम पोखरेलले आजैदेखि लागु हुनेगरी ग्यासको भाउ बढ्ने बताए।







