चामलमा ठगी भारतको धानमा नेपाली ब्राण्ड

831 पटक पढिएको

सम्पादक: Dhading News

Rice-08042017082053-1000x0-870x490

काठमाडौँ । मध्यवर्गीय परिवारको भान्सामा सबैभन्दा बढी प्रयोग हुने चामल जिरा मसिनो हो। बजारबाट खरिद गरेर ल्याएको जिरा मसिनो चामलको बोरामा नेपालको कुनै राइस मिलको उत्पादन भनेर नाम लेखिएको हुन्छ । तर, यो चामल नेपाली उत्पादन नभई भारतीय हुन सक्छ ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लामा जिरा मसिनो धान उत्पादन घटदो छ। ‘हाम्रोमा जिरा मसिनो धानको उत्पादन छैन भन्दा पनि हुन्छ,’ क्षेत्रीय कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र उप्रेतीले भने, ‘यो धानको उत्पादन कम र रोग बढी लाग्ने भएकाले किसानले खेती गर्न नै छाडे ।’

भारतीय चामल ल्याएर नेपालका राइस मिलले आफ्नो उत्पादन र ब्रान्ड दिएर बिक्री गर्ने क्रम बढदो छ । सुनसरी, मोरङ, झापाका अधिकांश राइस मिलहरूले जिरा मसिनो जातको चामल प्याकेजिंग गरि बिक्रि वितरण गर्छन । तर, त्यो धान नेपालमा नै उत्पादन भने भएको हुँदैन । पूर्वमा जिरा मसिनो धानको उत्पादन ५ प्रतिशतमात्रै हुने तर प्याकेजिंग भएर आउने अधिकाश चामल जिरा मसिनो हुने भएकाले उक्त चामल भारतीय भएको बलियो प्रमाण हो ।

पूर्वी तराईका जिल्लामा उत्पादन हुनेमध्ये ५० प्रतिशत रन्जित धान छ । त्यसपछि अन्य धानको उत्पादन हुन्छ । जिरा मसिनो धानको उत्पादन यो क्षेत्रमा ५ प्रतिशतभन्दा कम रहेको उप्रेती बताउँछन् । तर, यस क्षेत्रमा रहेका अधिकांश राइस मिलले बिक्री गर्ने चामलमा सबैभन्दा बढी जिरा मसिनो पर्छ ।

जिरा मसिनो चामलको आकारसमेत सानो र खानका लागि स्वादिलोसमेत हुन्छ । यो चामल बास्मतीभन्दा सस्तो र अन्य चामलभन्दा महँगो भएका कारण मध्यवर्गको रोजाइमा परेको हो । २५ केजीको एक बोरा जिरा मसिनो चामलको उपभोक्ता मूल्य १५ सयदेखि १८ सय रुपैयाँसम्म पर्छ । यसको मूल्य राइस मिल र ब्रान्ड अनुसार घटीबढी रहेको छ।

जिरा मसिनो धान सबैभन्दा बढी भारतको उत्तर प्रदेश, बिहार र बंगलादेशबाट आउने गरेको व्यवसायी वताउछन। नेपालको भैरहवा र नेपालगन्ज क्षेत्रमा यो धान उत्पादन हुने उप्रेती बताउँछन् । यो धान प्रतिहेक्टर ४ देखि साढे चार टन मात्र उत्पादन हुन्छ भने रन्जित ८ टनसम्म उत्पादन हुन्छ । त्यसैले किसानको रोजाइमा रन्जित नै रहेको उप्रती बताउँछन्।

‘बढी उत्पादन हुने हुँदा अधिकांश किसान रन्जित लगाउँछन् र बिक्री गर्छन् अनि जिरा मसिनो किनेर खान्छन्,’ उप्रतीले भने, ‘जिरा मसिनो धानमा कालीपोके लागेर दाना नै नलाग्ने हुँदा किसानले लगाउन नै छोडे।’ झापा, मोरङ र सुनसरीलगायतका तराईका जिल्लामा रन्जितपछि बाँसा धानको उत्पादन हुने गर्छ । त्यसपछि राधा १२ उत्पादन हुने गरेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।