तामाङ चलचित्र घ्रानको प्रिमियर शो सम्पन्न, विभिन्न व्यक्तित्वहरु सम्म्मानित

3834 पटक पढिएको

७ श्रावण २०७५, सोमबार १२:१९ सम्पादक: धादिङ न्यूज

 

               काठमाडौं साउन, ७- मोक्तान फिल्मस्को ब्यानरमा निर्मित छैटौ तामाङ कथानक चलचित्र  घ्रानको पहिलो प्रिमियर शो सम्पन्न भएको छ । जनक गुरुङको निर्देशन, सागर घिसिङ, राम घिसिङ र शम्भु घिसिङको संयुक्त लगानीमा निर्मित तामाङ चलचित्र घ्रान (कसम) शनिबार एक भव्य कार्यक्रम बीच राष्ट्रिय नाचघर जमलमा पहिलो प्रदर्शन गरिएको हो । चलचित्रमा नायिका सुकुमाया मोक्तानको अलावा सागर घिसिङ, सुष्मा मोक्तान, विकास स्याङ्तान, शम्भु घिसिङ, राम घिसिङ, पुशन लामा र सुष्मा थिङ लगायतको अभिनय रहेको छ । 

                     मोक्तान फिल्मस्की संचालिका सुकुमाया मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा कानूनमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यता, सभाषद यज्ञराज सुनुवार, सभासद शान्ति पाख्रिन, तामाङ चलचित्र संघका अध्यक्ष जेनिश दोङ, तामाङ कलाकार संघका अध्यक्ष संजीव वाइबा लगायतको आतिथ्यता रहेको थियो ।

Photo-Bikash dev

           चलचित्रले समाजमा हुने विभिन्न खाले अन्याय र अत्याचारको बिरुद्ध लड्नका लागि एक महिलाले गरेको संघर्षलाई उतारेको चलचित्रकी मुख्य भूमिका निभाउनु भएकी नायिका सुकुमाया मोक्तानले धादिङन्युजलाई बताउनु भयो । 

Photo-Bikash Dev

                 कार्यक्रमका बीच बिभिन्न क्षेत्रमा अतुलनिय योगदान दिनुहुने तामाङ व्यक्तित्वहरुलाई समेत सम्मानित गरिएको थियो । सम्मानित हुनेहरु सगरमाथा सफल आरोहण गर्नु भएकी तामाङ चेली लक्मी तामाङ, लेखक दिपेन्द्र दोङ र सेलो गायक विशाल काल्तेनलाई कानून मन्त्री तामाङले सम्मान पत्र वितरण गर्नु भएको थियो । 

                     स्मरण रहोस् मोक्तान फिल्मस्ले टा न च्योदो, मायाला छो, प्राङ्बोला म्हाङ् लगायतका तामाङ चलचित्रहरु निर्माण गरिसकेको छ ।