टस हारेर पहिले व्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरको खेलमा चार विकेट गुमाउँदै ४० रन बनाएको थियो । ४१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको नेपालले
४.४ ओभरमा एक विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा गरेको थियो ।
नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाई गुमाएको थियो । उनले ९ बलमा ९ रन जोड्दै पेभेलियन फर्किए । उनलाई एमसीसीका दौथविटेले आउट गरे । नेपालका लागि ओपनर सुबास खकुरेलले १५ बलमा १६ रनसहित अविजित रहे । उनले दुई चौकाको मद्दतमा १६ रन जोडेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले चार बलमा १२ रन जोडे । उनले एक चौका र एक छक्का हानेका थिए ।
पहिले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि तीब्रगतिका बलर सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै दुई विकेट लिएका थिए । त्यस्तै कप्तान पारस खड्काले दुई ओभरमा १३ रन खर्चदै एक विकेट लिए । एमसीसीका जोनथान टोट भने रनआउट भएका थिए ।
वर्षाका कारण टीट्वान्टी खेल ६ ओभरमा झारिएको थियो ।
अबको खेल नेपालले नेदरल्यान्डसँग केहिबेरमा खेल्नेछ । नेदरल्यान्डसँगको खेल २० ओभरकै हुनेछ ।