दसैंमा कस्ता बिरामीले के खाने, के नखाने ?

1015 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । दसैं भन्नेबित्तिकै मासुको परिकार मानिसको मानसपटलमा आउँछन् । यही मासु बिरामी अवस्थामा हुँदा खाएमा त्यसले ज्यान पनि लिन सक्छ ।  मिर्गौला प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठ मासुको परिकार खानेले आफू स्वस्थ्य भए नभएको परीक्षण गर्नुपर्ने सुझाउँछन् ।

रातो मासुछाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग त बढाइरहेकै हुन्छ भने प्रत्यक्ष सम्बन्धित जनावरमा रहेको रोगसमेत सर्ने सम्भावना उत्तिकै हुन्छ,’ डा. श्रेष्ठले भने, ‘अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइडझाडापखालाक्षयरोगआउँपेट फुल्नेमिर्गौलाको रोगक्ओसटियल इन्फेक्सनफुड पोइजनिङ आदि समस्या आउने गर्छन् ।

अझ दसैंका समय मुटुरोगी तथा उच्च रक्तचापका बिरामीलाई सोझै असर गर्ने रातो मासुका परिकार हुने गर्दछन् । रातो मासु र चिल्लो दुवै मुटुका बिरामीलाई हानिकारक हो ।

मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले यो समस्याबाट जोगिन रातो मासु अर्थात् खसी र राँगाको मासु नखानेमदिरा सेवन नगर्नेधुम्रपान नगर्नेचिल्लो पदार्थ कम गर्नुपर्दछ,’ डा. श्रेष्ठले भन्छन्, ‘कुखुरा माछा पनि थोरै मात्रामा खानेचिल्लो बढी भएको माछा मासु तथा अन्य खानेकुरा खाँदै नखानेनुन धेरै हालिएको खानेकुरा खानुहुँदैन ।

मुटुका बिरामीले एक दुई टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानु नै सबैभन्दा उत्तम हुने उनले बताए ।

डा. श्रेष्ठका अनुसार बढी चिल्लो र मदिराका कारण मिर्गौला असन्तुलन हुन गई मिर्गौला फेलसमेत हुन सक्छ । त्यसकारण मिर्गौला रोग लागिसकेकाले चाडबाडका नाममा मासु र अत्यधिक चिल्लो छुनु नै हुँदैन । धेरै मदिरा सेवनका कारण मिर्गौला असन्तुलित  हुन पुग्छ ।

बियरले शरीरको मेटाबोलिज्ममा असर गर्छ । बियर खाँदा शरीरमा पानीको मात्रा बढ्न जान्छ । त्यति नै मात्रामा शरीरमा बाहिर गएन भने शरीरमा पानीको मात्रा बढ्न गई मिर्गौलालाई असर गर्छ ।

मदिराजन्य पदार्थमध्ये बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रमजिनभोड्काब्रान्डीह्विस्कीमा अल्कोहलको मात्रा बढी हुन्छ । रक्सी पेटमा पुगेपछि सोसिएर रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना हुने उनको भनाइ छ ।

चाडबाडका समय मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानुहुँदैन । यस्तैयस्ता बिरामीले प्लास्टिक र टिनमा राखिएका अचारड्राइफुडफलफूलजंकफुड छुनैहुँदैन । बिरामीले महकेकपेय पदार्थहर्लिक्सबोर्नभिटाआइसक्रिमजामजेलीसख्खरतेल वा घिउमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानुहँुदैन ।

धुम्रपान र मद्यपान त पटक्कै गर्नुहुँदैन । मधुमेहीलाई थोरै मात्रामा चामलगहुँमकैफापरकोदोजौचिउराभुजा कर्नफ्लेक्सचाउमिनगेडागुडी (दालचनाबोडीसिमीभटमासकेराउमुसुरोराजमा आदि) खान हुन्छ ।

त्यस्तैमाछामासुअन्डाफलफूलवनस्पति तेल थोरै परिमाणमा खान मिल्छ तर स्वास्थ्यको ख्याल गरी निकै थोरै परिमाणमा मात्र यस्ता  खाने कुरा खान डा. श्रेष्ठले बिरामीलाई आग्रह गरे ।

उनका अनुसार मधुमेहका रोगीले स्वस्थ मानिस सरह हरिया सागसब्जीकरेलाकाउलीगोलभेंडास्कुसघिरांैलासलादसागकाँक्रोसेतो मुलाबन्दारायोकुरिलोचम्सुरपालुंगोगाँजरकागती आदि खान मिल्छ ।

मसलाजन्य पदार्थमा जिरामरिचमेथीबेसारअदुवाखुर्सानीसुपधनियाँ खान कुनै समस्याहुँदैन । यस्तै पेय पदार्थमा चिनी तथा घिउ नभएका चियाकफीसुप खान सकिन्छ ।

दसैंको समयमा खानामा ध्यान नदिँदा कलेजो बिग्रन सक्छ । विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले बिग्रने सम्भावना हुन्छ ।

मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो ।

कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छयसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजोरक्तनली र मुटुमा जम्मा हुन पुग्छ ।

रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकाले कलेजो थाक्छत्यहाँ बोसो जम्मा हुँदै जान्छ । कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट हुँदै जान्छ अनि

लिभर सिरोसिस’ र कलेजोले काम गर्न छोड्छ । त्यसकारण दसैंको समयमा मदिरा र मासु खाँदा विशेष ध्यान दिन डा. श्रेष्ठ सुझाव दिन्छन् ।

– राजधानी दैनिकबाट