धादिङ सिर्जना प्रतिष्ठानले शुरु ग¥यो सिर्जना डबली

1671 पटक पढिएको

२५ फाल्गुन २०७५, शनिबार २०:४८ सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ सिर्जना प्रतिष्ठानले समाजका बहुआयामिक पक्षहरूमा केन्द्रित रही प्रत्येक महिनाको अन्तिम शनिवार नियमित शृङखलाको रूपमा सिर्जना डबली कार्यकम संचालन गर्न थालेको छ ।
’सबै विषयको ज्ञान, धादिङ सिर्जना प्रतिष्ठानको अभियान’ भन्ने मुल ध्येयका साथ शुरु गरिएको सिर्जना डवलीको पहिलो शृङ्खला अन्तरगत शनिवार धादिङका पुराना पत्रकार एवम सामाजिक अगुवा राजेन्द्रप्रताप शाहसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आयोजक र सहभागीबाट शाहका जीवनका राजनीति, पत्रकारिता, सामाजिक अभियान, साहित्यिक गतिविधि,विकास निर्माण सबै क्षेत्र बारेमा जिज्ञासा राखिएको थियो । अन्तरक्रियाका क्रममा गजल, मुक्तक र गीत समेत प्रस्तुत गरिएको थियो । सिजना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार बद्री दाहालको विशेष उपस्थिति रहेको थियो ।