गायिका रमिता भण्डारीको ‘सानी नानी ‘ नेपालीको मन मुटुमा
950 पटक पढिएको
काठमाडौं -गायिका तथा मोडल रमिता भण्डारीको तेस्रो गितीसंग्रह सानी नानी श्रोता माझ लोकप्रिय भएको छ । एल्वममा ६ वटा गीत संग्रहित रहेका छन् । सानी नानी, के यो माया हो, छल्कीयो जवानी, जुनेली रात, तिमी को, तिमी निष्ठुरी गीतहरु सानी नानी एल्वममा रहेका छन् । गायन, अभिनय तथा इभेन्टमा व्यस्त छिन् । बहुप्रतिभाकी धनी भण्डारीले तिन वटै विधालाई एक साथ अघि बढाएकी छिन् । यसअघि उनले दुई वटा सोलो एल्वम ल्याइसकेकी छिन् । एल्वमलाई रशलाइट मिडियाले बजारमा ल्याएको हो ।
सानै उमेरमा व्याण्डबाट प्रभावित भएकी भएर संगीतमा लागेकी उनी अहिले सफल कलाकारको रुपमा स्थापित छिन् । गायिका तथा मोडल रमिता भण्डारी नेपालीको मन मुटुमा बस्न सफल गायिका तथा मोडल भएकी छन् । लामो समय विदेशमा बसेपनि देश र आफ्ना संगीत प्रतिको मोहलाई कहिले मारिनन् । निरन्तर संघर्ष गरिरहिन । त्यहि संघर्षले आज उनलाई सफलताको यो विन्दुसम्म पु¥याएको छ ।
गायिका, मोडल मात्र होइन कोरियोग्राफरको रुपमा परिचित छिन् । अहिले तेस्रो एल्वमको तयारीमा लागेकी उनी पहिलो गीत रेकर्ड गर्दाका क्षणलाई रमाइलो मान्दै निरन्तर साधना गर्दै आइरहेकी छन् । आज सबै दर्शक÷श्रोताको माया पाउँदा उनी खुशि छिन् । मिडियाको पनि राम्रै साथ र सहयोग पाएकी छन् । नयाँ आउने पुस्तालाई बुझेर, मेहनत गरेर आउन आग्रह गछिन् ।