स्वस्थ रहन चाहनुहुन्छ त्यसो भए चाँडै सुत्नुस्, चाँडै उठ्नुस्

1924 पटक पढिएको

सम्पादक: Dhading News

भनाइ नै छ, सुख चाहिए रातमा निन्द्रा नबिगार्नु,शान्ति चाहिए दिउँसो नसुत्नु,बेलुका छिट्टै सुत्ने र बिहान चाँडो उठ्ने मानिस जीवनमा सफल हुन्छन्। यस्तो दैनिकीले सफलतासँगै स्वास्थ्यमा समेत सकारात्मक भूमिका खेलिरहेको हुन्छ।
बुझ्नुपर्ने अर्को एउटा कुरा के छ भने बेलुका खाना खानेबित्तिकै सुत्नु भने हुँदैन। खाना खाएपछि पनि त्यो नपचुञ्जेल सक्रिय हुन आवश्यक छ। लगत्तै सुतेमा मोटोपनासँगै विभिन्न समस्या देखिन सक्छ । त्यसैले, खाना खाएको डेढ घण्टापछि सुत्नु उपयुक्त हुन्छ। बेलुका ९ः०० देखि १० बजे भित्र सुतिसक्नु राम्रो हो। स्वस्थ जीवनका लागि दैनिक ६ देखि आठ घण्टा आरामले सुत्नु आवश्यक हुन्छ। ब्राह्म मुहूर्त्त (सूर्योदय हुनु डेढ घण्टाअघि)मा उठ्नु ज्यादै उत्तम मानिन्छ ।

बेलुका चाँडै सुते बिहान सबेरै उठ्न सकिन्छ। बेलुका शारीरिक तथा मानसिक रूपमा थकित महसुस हुने भएकाले ऊर्जाशील कामका लागि बिहानको जस्तो जाँगर चल्दैन।सामान्यतयाः बिहानको हावापानी तथा वातावरण स्वच्छ र स्वस्थ हुन्छ। बिहान सबेरै उठ्नाले स्वच्छ वातावरणमा सकारात्मक जीवनशैलीको ऊर्जा मिल्छ।शारीरिक तथा मानसिक रूपमा पनि आराम भइसकेको हुनाले बिहान उठ्दा शरीरमा पुनर्ताजगी आउँछ। त्यसैले नयाँ कामका लागि बिहानीको समय उपयुक्त हो।

  • सांकेतिक तस्बिर गुगलबाट साभार गरिएको हो ।