सदरमुकाम धादिङबेसीमा मेयर कप २०७५ हुंदै

1909 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ –  सदरमुकाम धादिङबेसीमा मेयर कप प्रतियोगिताको आयोजना हुने भएको छ । मेयरकप अन्र्तगत खुल्ला फुटवल र भलिवल प्रतियोगिता राखिएको छ । जेठ २३ देखि २५ गते सम्म धादिङबेसीमा हुने खुल्ला फुटवलमा पहिलो हुने टिमलाई एक लाख पाँच हजार र दोश्रो हुनेलाई ५० हजार र उत्कृष्ट खेलाडी एक जनालाई ५ हजार  पुरस्कार राशी रहेको वताईएको छ । भलिबल तर्फ प्रथम हुनेलाई ४० हजार, दोश्रो हुनेलाई ३० हजार ,तेश्रो हुने्लाई २० हजार,सान्त्वना हुनेलाई १० हजार र उत्कृष्ट खेलाडी एक जनालाई ५ हजार नगद पुरस्कार दिईनेछ ।

नीलकण्ठ नगरपालिकाको आयोजना तथा न्यू किबो बोर्डिङ स्कुल धादिङबेसीको व्यवस्थापनमा जेष्ठ २३ गते देखि हुने मेयर कप –२०७५ मा भलिवल खेलका लागि नीलकण्ठ नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय छात्र छात्रा मात्रै सहभागी हुन पाउने कार्यक्रमका संयोजक न्यू किबो बोर्डिङका शिक्षक विकास कोइरालाले जानकारी दिनु भयो ।

फुटबल खेल्ने खेलाडीहरुको लागि आवास र खानाको व्यवस्था खेलाडी आंफैले गर्नु पर्नेछ भने भलिबल तर्फ सहभागि खेलाडीको खाना खर्च वापत प्रत्यक दिन ५ हजार उपलब्ध गराईने संयोजक कोईरालाले बताउनुभयो । ।

मेयर कप खुल्ला फुटबल प्रतियोगिता (पुरस्कार राशी)
प्रथम पुरस्कारः १,०५,०००।– (एकलाख पाँचहजार)
दितिय पुरस्कारः ५०,०००।(पचास हजार)
उत्कृष्ट खेलाडी पुरस्कारः १ जनालाई ५ हजार

मेयर कप नगरपालिका स्तरिय अन्तरमावि भलिबल प्रतियोगिता छात्रा / छात्र (पुरस्कार राशी)

भलिबल छात्रा
प्रथम पुरस्कार ४० हजार
दितिय पुरस्कारः ३० हजार
तृतिय पुरस्कारः २० हजार
सान्त्वना पुरस्कारः १० हजार
उत्कृष्ट खेलाडी पुरस्कारः १ जनालाई ५ हजार

भलिबल छात्र
प्रथम पुरस्कारः ४० हजार
दितिय पुरस्कारः ३० हजार
तृतिय पुरस्कारः २० हजार
सान्त्वना पुरस्कारः १० हजार
उत्कृष्ट खेलाडी पुरस्कारः १ जनालाई ५ हजार