यसरी पोखिए प्रखर स्रस्टा हरि कृष्ण काफ्ले

1713 पटक पढिएको

सम्पादक: Dhading News

जब शब्दमा कलाको सम्मिश्रण हुन्छ तब शब्दले कबिता, मुक्तक , गीत , गजल जस्ता साहित्य सिर्जनाका विभिन्न बान्किको रुप धारण गर्दछ । यिनै सिर्जनाका विभिन्न बान्की हरुका बिच यसरी पोखिए रौतहटमा रहि मुक्तक बिधामा कलम चलाइरहेका प्रखर स्रस्टा हरि कृष्ण काफ्ले।

कमजोरलाई सताएर बेइमान र खुनी बाँच्छ
लाचारीमा एउटा जीवन गधाको जुनी बाँच्छ
सबलाई समान न्याय गर्ने एउटा ईश्वर हुन्छ भन्थे
या उ होला पक्षपाती या त आँखा थुनी बाँच्छ

 लामो समयदेखि नेपाली साहित्यको श्रीबृद्दिका निमित्त लागि परेको शब्द रहर साहित्य अभियानको नियमित रचना वाचन कार्यक्रमको उनान्पचासौ श्रृङखलामा अतिथी कबिको रुपमा आमन्त्रित काफ्लेले दर्जनौ मुक्तकका फाकि हरु द्वारा उपस्थित चार दर्जन भन्दा बढी फरक फरक बिधामा कलम चलाउने सर्जक हरुलाइ मन्त्र मुग्ध मात्र पारेनन, नेपाली वाङमयमा मुक्तकको भुमिका र औचित्य सम्म पुष्टि गर्न भ्याए।

अभियानका सल्लाहकार श्री हरि फुयालको सभापतित्वमा एबम अभियन्ता कृस्णकिसु द्वारा सहजिकरण गरिएको उक्त कार्यक्रममा अतिथी कबिको बिसयमा स्रस्टा रत्न बिरही घिमिरेले थप स्पस्ट पारेका थिए । काफ्लेले सिर्जना गरेको मुक्तिकिलो माहोल थप रोमान्चक बनाउन सहयोग पुर्याएको थियो । कबि हेम प्रभास, रत्न बिरही घिमिरे, धरणिधर गुरागाइ, भबानी मैयाँ पन्त लगायतका दमदार कबिता, शान्ती शर्मा , बासुदेब ठकुरी , श्रीधर पाण्डे , मनोहर पाण्डे , बेनि बहादुर थापा लगायतका स्रस्टा हरुको सुमधुर गजल , अन्चल बान्तबा, प्रकाश बस्नेत गफाडी , राजेन्द्र घिमिरे सागर, बद्री उप्रेती, उदास कार्की शिबराम खड्का , उत्तम बिचार लगायतका स्रस्टा हरुका चोटिला मुक्तकले कार्यक्रमलाइ थप ओझिलो बनाएको   शब्द रहर साहित्य अभियानका अध्यक्ष जीत अधिकारी ले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।