खान जाने तिते करेलाबाट फाईदै फाईदा

1424 पटक पढिएको

सम्पादक: Dhading News

तितेकरेलालाई विभिन्न खानाको रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई तरकारीका रुपमा र अचारका रुपमा धेरै प्रयोग गरिन्छ । यसमा अत्यधिक तितोपना हुने भएकाले प्रायः पकाएर वा मसला राखेर खाने चलन छ।

तरकारी वा अचार जे बनाएर खाए पनि तितेकरेलाले मानव स्वास्थ्यमा फाइदा नै गर्छ। यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्त्व पाइन्छन् ।

तिते करेलाका फाइदाहरू यस्ता छन्

तितेकलेलामा पाइने पी इन्सुलिन नामक तत्त्वले मधुमेह नियन्त्रण गर्छ । सन् २०११ मा ‘इथ्नोफर्माकोलोजी जर्नल’ले गरेको अध्ययनअनुसार दैनिक दुई हजार मिलिग्राम तितेकरेला सेवन गर्दा ‘टाइप २ डाइबिटिज’ पूर्ण रूपमा नियन्त्रण हुन्।

करेला खाएमा शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण हुन्छ। जसले गर्दा हृदयाघात र पक्षाघातको जोखिम कम हुन्छ। यसले रक्तचापलाई समेत नियन्त्रण गर्छ। तितेकरेलामा पाइने पोटासियमले सोडयमको अत्यधिक मात्रालाई कम गर्छ।

तितेकरेलामा एन्टिअक्सिडेन्ट, भिटामिन ए र सीको मात्रा प्रशस्त पाइन्छ। जसले एजिङ र चाउरीपनाको समस्या कम गर्छ। यसले एक्जिमा र सूर्यका परावैजनी किरणको असर समेत न्यून गर्छ। खासगरी, छाला र कपाल चम्किलो बनाउन भिटामिन ए, सी, बायोटिन र जिंक महत्त्वपूर्ण हुन्छन्।

तितेकरेलाको जुसले कलेजो सफा राख्न मद्दत गर्छ । साथै, कलेजोमा हुन सक्ने रोगको सम्भावना कम हुन्छ । तितेकरेलाको जुसले मदिराको ‘ह्याङओभरलाई कम गर्नुका साथै कलेजोमा यसले पार्न सक्ने असर कम गर्छ।

मोटोपन भएका मानिसका लागि तितेकरेला लाभदायी मानिन्छ । यसले क्यालोरी, बोसो र कार्बोहाइड्रेटको मात्रालाई कम गर्छ । साथै, बोसोका कोषहरूलाई नियन्त्रण गर्ने भएकाले खानामा दैनिक तितेकरेला समावेश गरेमा त्यो छोटो समयमै तौल घटाउन प्रभावकारी हुन्छ।

करेला सेवनले भाइरस र ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउनुका साथै प्रतिरोधी क्षमताको विकास गर्छ। यसमा पाइने एन्टिअक्सिडेन्टको मात्राले रोगसँग लड्ने क्षमतामा तीव्र वृद्धि ल्याउँछ। साथै, तिते करेला खाने गरेमा क्यान्सर र ट्युमरको समस्याबाट बच्न मद्दत पुग्ने बताइन्छ ।