युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न
1163 पटक पढिएको

५ असोज, महादेववेशी,
४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय गौरव आजको प्राथमिकता सम्वृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यामशिलता भन्ने नाराका साथ युवाहरु मार्फत नागरिक समाजका अभियान्ताहरु बिच विकासका सवालहरुमा अन्तर संवाद कार्यक्रम आज सम्पन्न भएको छ ।
संस्थागत विकास सञ्जाल र सिर्डस नेपालको साझेदारीमा सञ्चालित युवा र शान्ति कार्यक्रम अन्तर्गत थाक्रे गाउँपालिका भित्रका युवाहरुको छलफल बाटआएका सबालहरु माथी नागरिक अगुवाहरु विच अन्तर संवाद गरिएको थियो । थाक्रेमा गठित युवा परिषद थाक्रे लगाएत विभिन्न वडाहरुबाट प्रतिनिधिमुलक उपस्थित रहेको कार्यक्रममा युवाहरुबाट सरकार तथा स्थानिय निकायद्धारा युवाहरु लक्षित कार्यक्रमहरुको जनाकारी त्यसको कार्यान्वयन र कार्यक्रमको प्रभावकारीता, युवाहरुको समस्या का साथै स्थानिय स्तरमाहुने विकास प्रकृयामा युवाहरुको परिचालन जस्ता विषयमा सवालहरु किटान गरिएको थिाये । कार्यक्रममा उठेका सबालहरु माथी आगामी दिनमा युवाहरुको साथमा स्थानिय निकाय, जनप्रतिनिधी तथा सरोकारवालाहरु विच छलफल तथा कार्यान्वयन लागी अन्तकृया गर्ने कार्यक्रमको लक्ष्य रहेको सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।