नेपाली भाषाका प्रथम कवि सुवानन्द दासको प्रतिमा धादिङमा स्थापना

1369 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज समाचारदाता
धादिङ ११ माघ । नेपाली भाषाका प्रथम कवि मानिएका सुवानन्द दासको प्रतिमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ स्थित कटुञ्जेमा स्थापना गरिएको छ। धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद खेमप्रसाद लोहनी, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्य र अनुसन्धाता डा नवीनबन्धु पहाडीले सोमबार संयुक्तरूपमा प्रतिमा अनावरण गर्नु भएको हो ।

वि.सं.१८२५ तिर कवि सुवानन्द दासले रचना गरेको पृथ्वीनारायण शाह कविता नेपाली भाषाको पहिलो कविता मानिएको छ, जुन कविता इतिहासकार बाबुराम आचार्यले संकलन गरेका थिए। सुवानन्द दासको जन्म तात्कालीन धादिङको कटुञ्जेको टोड्केमा भएको मानिन्छ। टोड्के त्यतिबेला नै काठमाडौंबाट सुदुर पश्चिमसम्म आउजाउ गर्ने व्यापारिक नाका थियो।

नुवाकोट हुँदै नेपाल खाल्डोसम्मका आउ जाउ गर्ने मुलबाटोमा टोड्के गाउँ पर्ने भएकाले यसको सामरिक महत्त्व रहेको साहित्यकार एवम अनुसान्धाता डा पहाडी बताउनुहुन्छ । सुवानन्द दाससँग पृथ्वीनारायण शाहले सम्बन्ध स्थापित गरे र त्यहाँबाट सूचना र सल्लाह लिने गरेको र पृवीनारायण शाह धेरैपटक कटुन्जे क्षेत्रमा आएर बसेका अनेक भनाइ र कथाहरू प्रचलित रहेको पहाडीले बताउनुभयो ।

कवि दास टोड्केकै बासिन्दा भएको तथ्यका रूपमा दास चौतारो अहिले पनि साङकोसको माथिल्लो भागमा रहेको त्यस भेग वरपर दासले निर्माण गरेका चौतारा र धाराहरूको खोजी गरी पुननिर्माण कार्य सुरू गरिएको नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।पृथ्वीनारायण शाहसँग सम्पर्क र सम्बन्ध भएकै कारण कवि दासले नेपाली भाषाकै प्रथम कविता पृथ्वीनारायण शाह  रचना गरेको जानकारहरूको ठम्याइ छ। उनको निधन वि।सं। १८५६ देखि ५८ तिर भएको मानिन्छ।

डाक्टर पहाडीका अनुसार नेपाली कविताको प्रभातोदय धादिङको माटोबाटै भएको हो। आजसम्मको खोजबाट नेपाली काविताकै प्रथम निनाद यसै भूखण्डबाट गुञ्जित भएको थियो। प्राथमिक कालको आरम्भमात्र नभएर त्यस समयका प्रभावशाली लेखकहरू प्राथमिककालीन स्रष्टा दैवज्ञकेशरी अज्र्याल ९१८२५० र उनकै छोरा विद्यारण्यकेशरी अज्र्याल दुवैका अविस्मरणीय योगदान यहाँको माटोबाट उठेर नेपाली साहित्यकै समग्र परिधि ओगटेको डा पहाडी बताउनुहुन्छ ।