थाक्रेमा उसु क्वान बेल्ट टेस्ट तथा खेल प्रदर्शनी

314 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– रामचन्द्र रुपाखेती/धादिङ न्यूज 

थाक्रे-थाक्रे उसु क्वान महादेववेशी द्धारा सञ्चालित उसु प्रशिक्षणमा सहभागी खेलाडीहरुको प्रथम बेल्ट टेस्ट तथा खेल प्रदर्शनी  शनिवार विषेश कार्यक्रम विच थाक्रे ११ महादेववेशीमा सम्पन्न भएको छ ।

क्वानमा प्रशिक्षण लिएका ११० जना खेलाडीहरुले ग्रिन वेल्टकालागी आफुले जानेका खेलकला प्रस्तुत गरेका थिए । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उसु संघ का उपाध्यक्ष जंग बहादुर लामा सहित केन्द्रिय उसु संघ का प्रशिक्षक, खेल प्रेमी, धादिङ उसुका पुराना खेलाडीहरु, धादिङ जिल्ला उसु संघ, सामाजिक क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बुद्ध उसु क्वान काठमाण्डौका खेलाडीहरुले खेलको डेमोस्ट्रेशन गरेका थिए ।

 २०४९ सालमा स्थानीय समाजसेवी विमल लामा, जुठे थापा लगाएतको सकृयतामा महादेववेशीमा उसु खेलको शुरुवात गरिएको थियो । महादेववेशी उसु क्वानबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागी भई विभिन्न पदक समेत हासिल गर्न सकेको मा गर्व लागेको संस्थापक विमल लामाले बताउनु भयो ।

कार्यक्रममा महादेववेशी उसु क्वानबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता स्व.विनोद लामा को परिवार साथै साफ च्याम्पियनका पदक विजेता वेग बहादुर पाण्डे सहित स्थापना कालमा उसु खेल खेल्ने पुराना खेलाडीहरुलाई सम्मान समेत गरिएको थाक्रे उसु क्वानका अध्यक्ष संगम लामाले जानकारी दिनुभयो । लामो समय यस क्षेत्रमा सुस्ताएको उसु खेल यस क्षेत्रमा थाक्रे उसु क्वान दर्ता गरी पुनः जागृत गरिएको क्वानका सचिब अशोक अर्यालले बताउनुभयो ।


मिति : २०८० भाद्र २ गते प्रकाशित