चक्रपाणि तिमल्सिनाको गीत ‘किन कुन्नि …’

387 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गायक तथा संगीतकार चक्रपाणि तिमल्सिनाको नयाँ म्युजिक भिडियो  ‘किन कुन्नि …’  सार्वजनिक भएको छ। म्युजिक भिडियो तिमिल्सिनाको आफ्नै युट्युव च्यानल चक्रपाणी तिमिल्सिना मार्फत सार्वजनिक गरिएको हो । महेशबाबु तिमल्सिनाको शब्द रहेको गीतमा चक्रपाणि आफैले संगीत भरेका छन । गीतमा संगीत संयोजन डिका गुरुङले गरेका छन् । डिजिटल काठमाडौंमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वागुन हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङले गरेका छन् । गीतको म्युजिक भिडियोमा लक्ष्मी बोहरा र आई.पि आचार्यले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई रवी लामाले निर्देशन गरेका हुन् भने यसमा आयुष गौतमको छायांकन र रवी लामाले सम्पादन रहेको छ ।