म्हेन्दोमाया कलाकार संघ नेपालको अध्यक्षमा  धादिङ रुवीभ्यालीका आरम्भ तामाङ निर्वाचित

178 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १५ असोज ।  तामाङ कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि कृयाशिल  म्हेन्दोमाया कलाकार संघ नेपालको अध्यक्षमा  धादिङ रुवीभ्यालीका आरम्भ तामाङ निर्वाचित भएका छन् ।

काठमाण्डौंमा सम्पन्न भएको संघको आठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशनले आरम्भको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्य समितिको चयन गरेको हो ।
अधिबेशनबाट संघको उपाध्यक्षमा रुपा एस घले, महासचिवमा कीर्ति तामाङ, सचिवमा शिशिर थोकर तामाङ र कोषाध्यक्षमा मानबहादुर गुरुङ चयन भएका छन ।
त्यसै गरी कार्य समिति सदस्यहरुमा फुलमाया तामाङ, सन्दिप स्याम्चेन तामाङ,लक्ष्मी स्याङ्तान,ममता तामाङ, रितु तामाङ, सीता लामा,राजु खड्का, शान्ति मम्बा तामाङ, सन्जु तामाङ, लोकेन्द्र तामाङ,सन्जु थोकर र एरिन तामाङ निवौचित भएका छन् ।
अधिबेशन शनिवार काठमाण्डौंको सामाखुसी स्थित क्वालिटी क्याफेमा सम्पन्न भएको हो । वागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिबेशनमा पूर्व मन्त्री दिलमान पाख्रिन, परशुराम तामाङ लगायतको आतिथ्य रहेको थियो ।

म्हेन्दोाया कलाकार संघ तामाङहरुको पहिचान, भेषभुषा, कला, संस्कार र संस्कृतिलाई संरक्षण सम्बद्र्धनका लागि सकृय रहँदै आएको संस्था हो । तामाङ गीत संगीतमा पश्चिमेली भाका म्हेन्दोमाया समुदायमा प्रचलित सांगीतिक माध्यम बनेको छ । यसैको सम्बद्र्धन गर्ने उद्धेश्यले २०७२ फाल्गुन २३ गते  म्हेन्दोमाया कलाकार संघ नेपालको स्थापना भएको स्थापना भएको घोषणा गरिएको थियो ।