गायिका रमला पाख्रिनको “धुन” सार्वजनिक

1100 पटक पढिएको

१७ आश्विन २०८०, बुधबार ००:१३ सम्पादक: धादिङ न्यूज

काठमाडौं ।  सुमधुर स्वरकी धनी गायिका रमला पाख्रिनले आफ्नो पछिल्लो गीतको म्युजिक भिडियो “धुन” सार्वजनिक गरेकी छिन्। गीत संगीतमा विगत दुई दशक देखी अनवरत लागिपरेकी गायिका पाख्रिनले आफ्नै अफिसियल युट्युब च्यानल Ramala Pakhrin Tamang मा भिडियो सार्वजनिक गरेकी हुन्।

राजेश पुमा राइद्वारा निर्देशित म्युजिक भिडियोमा मोडल गणेशमान घले र नायिका मिरुना मगरले अभिनय गरेका छन्। भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन बिकास दाहालले गरेका छन्। भिडियो सुबिन गुरुङले निर्माण गरेका हुन्।

गायक कमल खत्रीको शब्द संगीतमा गायिका पाख्रिनलाई गायक खत्रीले पनि साथ दिएका छन्।

खनायोबास गाउँपालिकाकी बासिन्दा गायिका रमला पाख्रिनले २०० भन्दा बढी म्हेन्दोमाया गीत र २ दर्जन बढी नेपाली गीत गाइसकेकी छिन्।

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्।