टेलिसिरियल “आशा जिन्दगीकाे” आजबाट आउने

414 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १८ असोज । मौलिक र सामाजिक बिषयबस्तुमा आधारित नेपाली टेलिसिरियल “आशा जिन्दगीकाे” आजबाट प्रशारणमा आउने भएकाे छ । हरेक हप्ताको बिहीबार ५ बजे  आशा जिन्दगीको अफिसियल युट्युव च्यानलबाट प्रसारणमा आउने  उक्त टेलिसिरियलमा समाजकाे यथार्थ घटनालाई चित्रण गरिने वताईएको छ ।

एक दशकदेखि कलाकारीता क्षेत्रमा सक्रिय कलाकार सुदिपबाबु खतिवडाकाे परिकल्पना/कथा/पटकथा/संवाद रहने सिरियलमा मुख्य सहायक निर्देशनमा जगदिश अधिकारी रहेका छन् ।  टेलिसिरियलमा सन्तोष पन्तको “हिजाे आजका कुरा”का सहायक निर्देशक रमेश अधिकारीकाे निर्देशन रहेकाे छ । टेलिसिरियलकाे निर्माता संगीता खनाल हुन ।

जुठेकि आमा बिद्या कार्की , बुहारीका भक्ते (रमेश अधिकारी), सुदिपबाबु खतिवडा, राजेन्द्र नेपाली (लट्टे) , जगदिश अधिकारी , कल्पना खतिवडा , आरजे सिंह, संगीता खनाल , दिपक अधिकारी , माधव भुर्तेल , उमाकान्त सापकाेटा , अशाेक भुजेल , सुसन खतिवडा , राजाराम खतिवडा,भगवान भण्डारी , भुमिका गिरी , राकेश रानापाल , विपना चाैलागाई लगायतका कलाकारहरुकाे अभिनय देख्न पाईन्छ । छायांकन जाेन राई र लाेक ओलीकाे रहेकाे छ भने सम्पादन जाेन राई र प्रेम शर्माकाे रहेकाे छ ।