कलाकार दिपाशा बीसीको मृत्यु
300 पटक पढिएको

काठमाडौँ । कलाकार दिपाशा बीसीको आज बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो ।
झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।