आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन म्ह पूजा र गोवद्र्धन पूजा

157 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
मंगलबार २८ कार्तिक २०८०

धादिङ, २८ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन नेवार समुदायमा म्ह पूजा अर्थात् आत्म पूजा गरिन्छ ।नेवार समूदायले परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ ।कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने गर्दछन् । आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत रहेको छ ।

आज गोवद्र्धन र गोरुको पूजा आजा गरिंदैछ ।आजको दिन  आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।  द्वापर युगमा भगवान् श्रीकृष्ण्ँले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधार वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसी आएको हो । वर्षभर जोतिएर मानव हितकालागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रही आएको छ ।