सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक

455 पटक पढिएको

८ मंसिर २०८०, शुक्रबार ०६:३३ सम्पादक: धादिङ न्यूज

धादिङ, ८ मंसिर,२०८० । सहकारी संस्थाहरुमा बढ्दै गएको समस्या समाधान गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ सरकारले नयाँ सहकारी दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्र खोल्न सकेत रोक लगाएको छ । सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको हो।

बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने’ गरी मन्त्रिपरिषद्ले कात्तिक २३ मा निर्णय गरेको जनाएको छ।

विज्ञप्तिका अनुसार सहकारी क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्मका लागि सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको हो।