गल्छीमा वैदिक सनातन धार्मिक अन्तरक्रिया कार्यक्रम हुंदै

180 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी ( धादिङ),२४ पुस । वैदिक सनातन धर्म संस्कृति र सम्प्रदायका बिषयमा जानकारी दिने उद्धेश्यले विश्व हिन्दु महासंघ गल्छी गाउँपालिकाको आयोजनामा वैदिक सनातन धार्मिक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

कार्यक्रम यहि पौष २८ गते शनिवारका दिन गल्छी गाउँपालिका वडा नं ८ स्थित छाङ्गेश्वर मन्दिर परिसरमा हुन लागेको हो ।

कार्यक्रममा विश्व हिन्दु महासंघ केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीको प्रमुख आतिथ्य रहने भएको छ । डा. अधिकारी पूर्व मन्त्री समेत हुन । कार्यक्रमको अर्का विशिष्ठ अतिथिमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका निवर्तमान अध्यक्ष, प्राध्यापक डा रामचन्द्र गौतम रहेका छन् ।

महासंघका गल्छी गाउँपालिका अध्यक्ष सोवित रिमालका अनुसार कार्यक्रममा नेपालका मौलिक धर्म संस्कृति,धार्मिक सम्प्रदाय र सामाजिक सद्भावका बिषयमा अन्तरक्रिया हुने भएको छ ।