२० लाखसहित ‘द भ्वाइस अफ नेपाल’को उपाधि विनोद राईले जिते

151 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् । गएराति ललितपुर गोदावरीमा रहेको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भोटको आधारमा विजेता घोषणा गरिएको हो । विजेता राई कोच मिलन नेवारको समूहबाट प्रतिनिधित्व गर्छन् ।

यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् ।

ुद भ्वाइस अफ नेपालु को पाँचौँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए ।