धादिङ गल्छीका रामकुमार र मनोजले ल्याए ‘पराईकी रानी’

209 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१२ फागुन । धादिङ गल्छीका रामकुमार रिमाल र मनोज धितालले ‘पराईकी रानी’ धुमधामका साथ लिएर आएका छन् ।

गल्छी आसपासमा छायाकंन गरिएको म्युजिक भिडियोमा युवा संगितकार, गितकार रामकुमार रिमालको शव्द,संगित र उत्कृष्ट अभिनय रहेको छ भने चर्चित गायक राज सिग्देलको आवाज रहेको छ ।

एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको उक्त भिडियो धादिङ गल्छी आसपास क्षेत्रमा छायांकन गरिएको थियो । उक्त म्युजिक भिडियोका प्रस्तुतकर्ता मनोज धितालको निजी युट्युव च्यानल मार्फत सार्वजनिक म्युजिक भिडियोका निर्देशकमा जनक सिंह छायांकनमा दिपक गिरी र सम्पादन अमृत चापागाईंको रहेको छ ।

गायक तथा संगीतकार रिमालले ल्याएको ‘फ्यान्टा कोकैमा’ ‘परदेशी’ लगायतका गितहरु दर्शक श्रोताले निकै रुचाएका थिए ।