बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
530 पटक पढिएको
काठमाडौं, २२ वैशाख । बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा दिने भएको छ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको हो। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८१/०१/१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल बैशाखमा विदा दिइने छ।’







